• २३ फागुन २०८२, शनिबार

दाङ–२ मा रास्वपाका आचार्य भारी मतले विजयी, औपचारिक घोषणा हुन बाँकी

blog

विपिन आचार्य

सन्तोष दहित

दाङ, फागुन २३ गते । दाङ क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विपिन आचार्य भारी मतले विजयी हुनुभएको छ । उहाँले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले) का महासचिव शंकर पोखरेललाई झण्डै २८ हजार मतले पछाडि पार्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो । यद्यपि, औपचारिक रूपमा उहाँ विजयी भएको घोषणा हुन भने बाँकी छ । आचार्यले ४३ हजार ५५० मत प्राप्त गर्नुभएको छ ।

एमालेका पोखरेल भने दोस्रो स्थानमा रोकिनुभएको छ । उहाँले १५ हजार २८१ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार किरणकिशोर घिमिरेले ११ हजार २७७ मत प्राप्त गर्नुभएको छ ।

यस्तै नेपाल कम्युनिस्ट पार्टीका निर्मल आचार्यले ६ हजार ७३५ मत प्राप्त गर्नुभएको छ । दाङ–२ मा कुल १ लाख ४० हजार ९६५ मतदातामध्ये ८२ हजार ६२६ मत खसेको थियो ।