शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
घोराही समाचारदाता
घोराही, फागुन २३ गते । दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कमल सुवेदी विजयी हुनुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीलाई २७ हजार ७९५ मतान्तरले पराजित गर्दै सुवेदी विजयी हुनुभएको हो ।
प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएका सुवेदीले ४४ हजार २४८ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी कांग्रेसका गिरीले १६ हजार ४५३ मत प्राप्त गर्नुभएको छ । क्षेत्र नम्बर ३ मा नेकपा (एमाले) का उम्मेदवार घनश्याम पाण्डेले १२ हजार १९५ मत ल्याउँदा नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार धनबहादुर मास्कीले नौ हजार ३२८ मत प्राप्त गर्नुभएको छ ।
क्षेत्र नम्बर ३ मा बिहीबार भएको मतदानमा कुल ८८ हजार २७३ मत खसेको थियो ।