• २३ फागुन २०८२, शनिबार

रुकुमपूर्वमा भारी मतले प्रचण्डको जित सुनिश्चित

blog

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) । फाइल तस्बिर

जयमान बुढामगर

रुकुमपूर्व, फागुन २२ गते । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्वमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) भारी मतले जित सुनिश्चित देखिएको छ ।

३४ हजार ७७२ मतदाता रहेको यस जिल्लामा १९ हजार १८८ मत खसेको थियो । जसमा १५ हजार ८२३ मतगणना हुँदा प्रचण्डले आठ हजार ७४७ मत लिनुभएको छ ।

त्यसैगरी, एमालेका लीलामणि गौतमले तीन हजार १७ मत, नेपाली कांग्रेसका सुकुसदेवी थापाले दुई  हजार ४७७ मत, रास्वपाका लखन थापाले ७१२ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी राप्रपाका रोशन शाहले ७३ मत, जनमोर्चाका चन्द्रविक्रम शाहीले २९ मत, प्रलोपाका सन्दिप पुनले १८६ मत, मङ्गोल नेसनल अर्गनाइजेसनका ज्योति रोकाले ५४ मत, नेसनल रिपब्लिकका धर्मकुमार बुढाले ४८ मत, नेकपा माओवादी जुद्धबहादुर बुढाले ४० मत र जसपाका सिरबहादुर बुढाले पाँच मत लिनुभएको छ ।अब प्रत्यक्ष तर्फ तीन हजार ३६५ मत मात्र गणना हुन बाँकी रहेको छ ।