• २३ फागुन २०८२, शनिबार

काठमाडौँ-७ मा रास्वपाका गणेश पराजुली निर्वाचित

blog

काठमाडौँ, फागुन २२ गते । काठमाडौँ क्षेत्र नं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगका अनुसार पराजुलीले २७ हजार आठ सय पाँच मत प्राप्त गर्नुभएको छ । 

निर्वाचन अधिकृत सविता शर्माका अनुसार सो क्षेत्रमा नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईले तीन हजार नौ सय ८२ मत, नेकपा ९एमाले०का प्रकाश श्रेष्ठले तीन हजार पाँच सय ४४, नेपाली कम्युनिस्ट पार्टीका वसन्तप्रसाद मानन्धरले तीन हजार छ सय ६७ मत प्राप्त गर्नुभएको छ ।

सो निर्वाचन क्षेत्रमा विभिन्न राजनीीतक दलसहित २७ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्थ्यो । रासस