शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
भक्तपुर, फागुन २२ गते । जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार भक्तपुर निर्वाचन क्षेत्र नं। १ र २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।
क्षेत्र नम्बर–१ मा रुकेश रन्जितले तीन हजार ४५२, नेमकिपाका प्रेम सुवालले एक ९८२ मत र नेपाली कांग्रेसका किरण न्यौपानेले ५१९ मत प्राप्त गर्नु भएको छ ।
त्यसैगरी, क्षेत्र नं। २ मा सोही पार्टीका राजिव खत्रीले दुई हजार, नेकपा एमालेका महेश बस्नेतले एक हजार २८१ र नेपाली कांग्रेसका कविर राणाले १७४ मत प्राप्त गर्नुभएको छ । रासस