प्रेम अधिकारी
पशुपतिनगर (इलाम), चैत्र १६ गते । इलामको पूर्वी भेगमा जंगली जनावरले आतङ्क फैलाएको छ । जंगली जनावरले घर गोठान पालेका घरपालुवा पशु चौपया खाईदिने देखि खेलीबाली नष्ट गरी आतङ्क फैलाएको हो ।
किसानले घरमा पालेका र चरनमा लगेका पशु चौपया मार्ने , खाने र लगाईएको बाली नष्ट गर्न थालेपछि किसान लामो समय देखि हैरान बन्दै आएका छन् ।
इलामको रोङ गाउँपालिका, सूर्योदय नगरपालिका, माईजोगमाई गाउँपालिका र सन्दकपुर गाउँपालिकाका किसान जंगली जनावरको आतङ्कबाट पीडित बन्दै आएका छन् ।
बाघले पशु चौपया मार्ने, खाने साथै जंगली बँदेल र बादरले खेतीबाली नष्ट गरिदिने गरेका कारण किसान हैरान बनेको सूर्योदय १ का किसान रविन बुढाथोकीले जानकारी दिनु भयो । पछिल्लो समय जंगली जनावरले घरमा पालिएका र चरनमा लगिएका पशु चौपया मार्ने , खाने क्रम बढेको छ ।
रोङ गाउँपालिका ६ रम्भ्याङका किसान आश बहादुर राईका २२ वटा वाख्रा चराउनको लागी नजिकको निभीने भिरको जंगलमा छोडीएका मध्ये सात वटा बाख्रा उत्त जंगलमा मरेको अवस्थामा भेटाएको छ । राईका अनुसार अन्य सात वटा बाख्रा हराईरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी लक्ष्मि भण्डारीले प्रहरी समेत लागेर खौज्दा राईका २२ वटा बाख्रा मध्ये आठ वटा मात्र भेटाएको र बाँकी रहेका बाख्रा खोज्ने क्रममा सात वटा बाख्रा जंगलमा मरेको अवस्थामा भेटाएको जानकारी दिनुभयो ।
ती बाख्रा जंगली जनावरको आक्रमणबाट मरेको प्रहरीले जनाएको छ । भण्डारीले प्रहरी चौकी जिर्मलेको सहयोगमा वाँकी बाख्राको खोजी भैरहेको जानकारी दिनुभयो ।
यसैबिच माईजोगमाई गाउँपालिका–२, खोल्मे का अर्जुन खड्काको बाख्रालाई चितुवाले आक्रमण गरी मारेको छ । खड्काले खोरमा पालेका बाख्रा चितुवाले मारेपछि त्यस क्षेत्रका किसान समेत चिन्तित छन् ।
जंगली जनावरले भारतसँग सीमा जोडिएका यी चार पालिकामा बर्षौ देखि पशु चौपया र खेतीवालीमा ठूलो क्षती गर्दै आएको छ । भारतको सिंहलिला नेशनल पार्कबाट बन्यजन्तु खुल्ला रुपमा नेपाल प्रवेश गरी क्षती गर्ने गरेका छन् ।
सीमा क्षेत्रबाट बन्यजन्तु रोक्न नपाइने भएका कारण हुल बाढीएर आएका जंगली जनावरले ठूलो क्षति गर्न थालेपछि धेरै स्थानका किसान ती ठाउँ छोडी बसाँई सर्न थालेको पाइएको छ ।
जंगली जनावरले बर्षेनी क्षति गर्दै आए पनि संम्बन्धित पालिकाले जंगली जनावर नियन्त्रण र क्षती कम गर्ने कुनै कार्यक्रम नल्याएको पाइन्छ ।
राजनीतिक दलका उम्मेद्धवारले निर्वाचनका समयमा जंगली जनावरको क्षति कम गर्ने र नियन्त्रणका कार्यक्रम ल्याउने भनी घोषणापत्र सार्वजनिक गरे पनि हाल सम्म ठोस काम भने नगरेको पाइएको छ ।