• २२ फागुन २०८२, शुक्रबार

जुम्लामा ज्ञानेन्द्र शाहीको फराकिलो अग्रता

blog

ज्ञानबहादुर शाही । फाइल तस्बिर

‎नौरते नेपाली

‎सिँजा (जुम्ला), फागुन २२ गते । जुम्ला कनकासुन्दरी गाउँपालिकाको वडा नम्बर १, २, ३, ५, ६ र ७ को हालसम्म मत गणना हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानबहादुर शाहीले फराकिलो अग्रता कायम गर्नुभएको छ । 

प्रारम्भिक मत परिणाम अनुसार ज्ञानेन्द्र शाहीले २१ सय २ मत प्राप्त गर्दै पहिलो स्थानमा रहनुभएको छ । यस्तै नेपाली कम्युनिस्ट पार्टीका नरेश भण्डारीले  ९७२ मत ल्याउँदै दोस्रो स्थानमा रहनुभएको  छ । 

भने नेपाली कांग्रेसका दिपबहादुर शाहीले  ४९६ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका शान्तिलाल महतले २१२ मत, रास्वपाका बिनिता कठायतले ३८ मत पाउनुभएको छ । साथै ११७ मत बदर भएको छ ।  ३ हजार ९६२ मत गणना भएको छ ।