सिड्नीको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु
सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
‘समावेशी विकासमा सरकारले काम गरिरहेको छ’
प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताउनुभएको छ ।
मनाङमा भूकम्पको धक्का
आइतबार दिउँसो मनाङमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो १२ बजेर ५४ मिनेट जाँदा मनाङको तोछी केन्द्र भएर ४.७ म्याग्निच्यूडको भूकम्प गएको हो ।
जसपाद्वारा उम्मेदवारको नाम सिफारिस गर्न सर्कुलर
जनता समाजवादी पार्टी, (जसपा) नेपालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न मातहत समितिमा सर्कुलर जारी गरेको छ ।
म्याद सकिन एक महिना बाँकी हुँदा पनि सुरु भएन काम
दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत हापुरखोलामा पुल निर्माणको म्याद सकिन एक करिव एक महिना मात्र बाँकी रहदा समेत काम सुरु हुन सकेको छैन ।
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो
वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बिपी उद्यान अतिक्रमण गरेर अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसल हटाएको छ ।
मन्त्री घिसिङद्वारा एक महिनाभित्र काम थाल्न ठेकेदारलाई अल्टिमेटम
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले तनहुँ र चितवन जोड्ने बहुप्रतीक्षित घुमाउने मोटरेबल पुलको निर्माण कार्य एक महिनाभित्र सुरु नगरे ठेक्का तोड्ने कडा चेतावनी दिनुभयो ।
अमेरिकाको ब्राउन युनिभर्सिटीमा गोलीबारी : दुई विद्यार्थीको मृत्यु, नौ घाइते
अमेरिकाको रोड आइल्यान्ड राज्यस्थित ब्राउन युनिभर्सिटीमा भएको गोलीबारीमा दुईजना विद्यार्थीको मृत्यु भएको छ ।
ठुला भ्रष्टाचारका मुद्दा
नेपाल भ्रष्टाचार हुने मुलुकमै पर्छ । सुशासन मापन गर्ने विश्वका अनेक संस्थाले निकाल्ने प्रतिवेदनमा नेपालको सुनाम आउन सकेको छैन । समयमा काम नहुने ठुलै व्यथा छ । ठुला आयोजना निर्धारित समयमा सम्पन्न हुँदैनन् । निरन्तर लागत बढाइरहने गरिन्छ ।
संविधान संशोधन अत्यावश्यक
धेरै मेहनतपछि नेपालको संविधान जारी भएको विचार धेरै पटक धेरै ठाउँमा व्यक्त भएका छन् । यस सम्बन्धमा फेरि चर्चा गरिरहन आवश्यक भएन । सार कुरा यो संविधान नेपाली जनताले नेपाली जनतामा निहित रहेको सार्वभौमसत्ता प्रयोग गरेर जारी गरिएको हो ।
समाजवादको मूल आधार
उत्पादनका साधनलाई सामूहिक तथा सार्वजनिक स्वामित्व अन्तर्गत ल्याएर शोषणमूलक पुँजीवादी अर्थतन्त्रको ठाउँमा समाजवादी अर्थतन्त्रको जग बसाउँदै तदनुरूपको राजनीतिक व्यवस्था र संस्कृतिको विकास गर्नु समाजवादको मूल आधार हो ।
‘डिजिटल’ पासोमा अल्झिएको न्याय
मानव सभ्यताको विकासक्रममा हामीले भौतिक पूर्वाधार र प्रविधिमा अकल्पनीय फड्को मारेका छौँ । के हाम्रो चेतना र संवेदनाले पनि उही गतिमा फड्को मारेको छ त ? यो प्रश्नको उत्तर खोज्दा हामी बारम्बार लज्जित हुनुपर्ने अवस्था आउँछ । विशेष गरी जब आधा आकाश ओगट्ने
विद्यालयमा दिवा खाजाको मापदण्ड
विद्यालय शिक्षामा सबै बालबालिकाको पहुँच र निरन्तरता सुनिश्चित गरी गुणस्तर अभिवृद्धि गर्न लोक कल्याणकारी राज्यको अवधारणा अनुरूप सरकारी तवरबाट विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन् । यसमध्ये विद्यालय दिवा खाजा कार्यक्रम पनि एक हो ।
संसदीय अभ्यासले राजनीतिक परिपाटी निर्माण गर्न सघाउ पुर्याएको छः उपाध्यक्ष घिमिरे
राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न धेरै सघाउ पुर्याएको बताउनुभएको छ ।
सुशासन र परिवर्तनका लागि राष्ट्रिय परिवर्तन पार्टी जन्मियो : अध्यक्ष पोर्तेल
राष्ट्रिय परिवर्तन पार्टीका अध्यक्ष राजेश पोर्तेलले देशमा सुशासन नभएकै कारण आज युवा मिलेर नयाँ पार्टी खोल्नुपर्ने अवस्था आएको बताउनुभएको छ ।
एमाले समृद्धिको स्वप्नद्रष्टा हो : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एक एमालेले अर्को एमालेसँग मन मिलाउनु, हात मिलाउनुमै पार्टी र देशको हित भएको बताउनुभएको छ ।
धनकुटाको पाख्रीबासमा गाडी दुर्घटना हुँदा छ जना घाइते
मध्य पहाडी लोक मार्गमा पर्ने धनकुटाको पाख्रीबास नगरपालिका–४, स्थित सिम खेतमा गाडी दुर्घटना हुँदा छ जना घाइते भएका छन् ।
६२ वर्षमा श्रेष्ठले पाउनुभयो मुआब्जा
पुतलीबजार नगरपालिका–१ का श्यामप्रसाद श्रेष्ठले ६२ वर्षमा जिल्ला प्रशासन कार्यालय स्याङजाको जग्गाको मुआब्जा पाउनु भएको छ ।
अमेरिकामा मौसमी फ्लुको प्रकोप : अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो
अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका पछिल्लो अनुमानअनुसार, हाल मौसमी फ्लुका कारण संयुक्त राज्य अमेरिकामा करिब २९ लाख व्यक्ति सङ्क्रमित भएका छन्, जसमा तीस हजार जना अस्पताल भर्ना भएका छन् भने एक हजार दुई सय जनाको मृत्यु भएको छ ।
युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नु पर्छ : डा. कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र वरिष्ठ र युवापुस्ताको मिलनविन्दु आफू भएको बताउनु भएको छ ।
बुधरामको बन्धक जिन्दगी [कथा]
मङ्सिर महिना । गाउँभरि धान दाइँको चटारो छ । वर्षभरिको कमाइ घर भित्र्याउने ध्याउन्नमा किसान लागेका छन् । बुधराम थारूको परिवार पनि धान दाइँमा लागेको छ । मात्र दुइटा गोरुले बुधरामको धानको घान मेलो अलिकति पनि निख्रिरहेको छैन । ऊ घरी घरी घाना समेट्दै बर्बराउँछ, “खै यो के धान हो सस्सुर, निख्रँदै ननिख्रिने ।”
मुस्ताङका पशुपालक कृषक पहाडी र हिउँ चितुवाको चपेटामा
घरपझोङ गाउँपालिका–२,मार्फाका पशुपालक कृषक सन्तोष परियारले गोठमा राखिएको भेडाच्याङ्ग्रालाई चितुवाले मार्छ भन्ने कल्पना गर्नुभएको थिएन । बस्ती नजिकै, मानिसको चहलपहल हुने स्थानमा गाउँभित्रको भेडाच्याङ्ग्रा राख्नुभएका परियारले कल्पनौ नगरेको क्षति ब्यर्होनुपर्यो ।
संरक्षणमा नयाँ पहल : पण्डितपुरको उत्खनित प्राचीन भग्नावशेष खुल्ला नै राखिने
सम्भावित प्राचीन कोलिय गणराज्यको राजधानी मानिने पश्चिम नवलपरासीको प्राचीन कोलनगर (पण्डितपुर) मा यस पटक उत्खननमा भेटिएका प्राचीन बस्ती तथा भवनका भग्नावशेषहरूलाई खुल्ला नै राख्ने तयारी गरिएको छ ।
जीवन बदल्ने सूत्र
पूर्वीय दर्शन र सनातनी शैव परम्परामा आधारित हिन्दु धर्मावलम्बी तथा ओमकार परिवारभित्र तन्त्र र मन्त्रको शक्ति साधना र मोक्ष प्राप्तिको ईश्वरीय मार्ग हो । कतिपय गलत भ्रम र अन्धविश्वासले भने तन्त्र र मन्त्रभित्रको विज्ञान र ऊर्जा आविष्कार सूत्रलाई गलत ढङ्गले प्रस्तुत गरेको पाइन्छ ।