नन्द सिंह
रलिङ (हुम्ला), फागुन १९ गते । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२, अनुगमनका लागि राष्ट्रिय मानवअधिकार आयोगको टोली हुम्ला आइपुगेको छ । निर्वाचन पर्यवेक्षण तथा अनुगमनका लागि काठमाण्डौँदेखि हुम्ला जिल्ला आएपछि आज मंगलबार उक्त टोलिले जिल्लाका विभिन्न संघसंस्थाबाट खटिएका पर्यवेक्षक र पत्रकारहरूसंग छलफल गरिएको हो ।
राष्ट्रिय मानवअधिकार आयोगका मानव अधिकार अधिकृतद्धय योसोदा बन्जाडे र सुप्रिया गुप्ता हुम्लामा पुगे लगतै जिल्लाको बस्तुस्थिती बुझ्नुभएको छ । जिल्ला बाहिरबाट फागुन १७ गते हुम्ला पुगेसँगै निरन्तर रुपमा जिल्लाको निर्वाचन परिस्थिती बुझेपछि आज फागुन १९ गते सो टोलिले जिल्लाका पर्यवेक्षकहरूसंग समिक्षा मार्फत छलफल गरिएको हो ।
निर्वाचन आयोगले विभिन्न संघसंस्थाहरूलाई निर्वाचन पर्यवेक्षणको अनुमति दिएसंगै हुम्लामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), नियोग, मानवअधिकार हुरोन, गैसस महासंघ र इओसि नामक संस्थाहरूले पर्यवेक्षण गर्ने अनुमति पाएका हुन् ।
सोही अनुसार जिल्लामा राष्ट्र्यि मानव अधिकार आयोगले जिल्लाका पर्यवेक्षणहरूसंग निर्वाचन अघि, निर्वाचनको दिन र निर्वाचन पछि हुने गतिविधिका विषयमा छलफल गरिएको थियो । विगतको निर्वाचन हेर्दा अधिकांश मतदान केन्द्रमा स्वतन्त्र रुपमा मतदान गर्न नपाएको, विभिन्न पार्टीहरूले बालबालिका प्रयोग गरेको, सरकारी सवारीसाधन प्रयोग गरेको र प्रत्येक मतदाताहरूले आफ्नो मताधिकार प्रयोग गर्र्न नपाएको विषयमा समिक्षा गरिएको थियो ।
विगतका गतिविधिलाई मध्य नजर गर्दै यो निर्वाचनमा पनि कुनै अप्रिय घटना नहोला भन्न नसकिएला तर पनि यो पटकको निर्वाचन शुसम्मपन्न गराउनमा राज्य र गरै राज्य पक्ष सबैको अहम भूमिका रहेको छलफलमा उठेको विषय हो ।
जिल्लाका हरेक मतदान केन्द्रमा पर्यवेक्षण गर्ने क्रममा पर्यवेक्षकहरूलाई सहज रुपमा पर्यवेक्षण गर्न नदिएको, भौगोलिक विकट्ताका आधारमा हुम्लामा पर्यवेक्षण गर्न असहज भएको लगायतका विषयमा आयोगका अधिकृतहरूसँग पर्यवेक्षकहरूले गुनासो दर्शाएका थिए ।
त्यस्तै जिल्लामा निर्वाचन हुँदा यहाँका दलित, महिला अपाङ्गता भएका व्यक्ति र अशक्तहरूको मतपत्र खोसेर एकाधिकार भन्दा बाहिरका व्यक्तिहरूले मतदान गरेपछि सर्वसाधारणहरू आफ्नो मताधिकारबाट बञ्चित हुनु परेको यहाँको प्रविधि हो । मंगलबार दिउँसो २ वजे सदरमुकाम सिमकोट तल्लो बजारमा रहेको एलिस होटेलमा मानवअधिकार आयोगको टोलि, पर्यवेक्षक र पत्रकारहरूको सहभागिता रहेको थियो ।
उक्त टोलिले निर्वाचन अवधिभर भएका गतिविधि र पर्यवेक्षकहरूको समेत अनुगमन गर्ने भएको राष्ट्रिय मानवअधिकार अधिकृत योसोदा बन्जाडेले जानकारी दिनुभयो ।