• १७ चैत २०८२, मङ्गलबार

राजविराजमा मजदुर बजार

blog

राजविराजस्थित रहेको गजेन्द्र चोकमा रहेको मजदुर बजारमा कामको खोजिमा मजदुरहरू । तस्बिर : सुधा देव

सुधा देव

भारदह(सप्तरी), चैत १७ गते  । सप्तरीको राजविराज बजारमा दिनहुँ ज्यालादारीमा काम गर्ने मजदुरको बजार लाग्ने गरेको छ । 

जिल्लाका मजदुरहरू प्रत्येक दिन जिल्लाको विभिन्न स्थानबाट बिहानैदेखि राजविराज स्थित रहेको गजेन्द्र चौकमा एकपछि अर्को आएर भेला हुन थाल्छन्  ।

यहाँ भेला भएका मजदुरहरू कामको पर्खाइमा बस्ने गर्नुहुन्छ । काम गराउन आवश्यक भएका मालिकहरूको मनले खाएको मजदुर छान्ने र दिनको ज्याला तोक्दै कामका लागि लग्ने गरेको स्थानीयले बताउनुभएको छ ।

दिनहुँ मजदुरीका लागि राजविराज आउने मजदुरले दैनिक मजदुरी गरेर परिवारको छाक टार्न सपना बोकेर आएपनि मजदुरी पाएका मजदुरले दिनभरि काम गरेर आएको ज्यालाले परिवारको दैनिक टार्दै आएको राजविराज–३ का किरण दासले बताउनुभयो ।

महिला र पुरूष मजदुरीको लागि यो मजदुर बजारमा आएपनि कसले कुनदिन मजदुरी पाउने वा नपाउने निश्चित हुदैन् । दिनहुँ मजदुरीका लागि यश बजारमा आउने गर्नुभएकी अग्नि साइर कृष्णम संवरण गाउँपालिकाकि किरण चौधरीले बताउनुभयो । घरतिरै काममा बोलाए मात्र यो बजार आउँदैनौ । काम पाएनौं भने कामको खोजिका लागि यहीँ बजार आउने गरेको उहाँले बताउँनुभयो ।

जिल्लाको विष्णु गाउँपालिकाका ६ का दिपक कुमार सरदार दिनहुँ खाजा बोकेर यश मजदुर बजारमा कामको खोजिमा आउने र काम पाएपछि दिनभरि मजदुरी गरेर घर फर्किने गरेपनि काम नपाएको दिन रित्तै हात फर्किन बाध्य हुनेगरेको उहाँले बताउँनुभयो । उहाँले भन्नुभयो, काम पाएपनि नपाएपनि कामको खोजी गर्न आउने ठाउँ नै यही हो ।

बजारबाट मजदुर बिक्न लागेको अर्थात काम पाउन लागेको करिव तीन दशक भएको अधिवक्ता राजेन्द्रप्रसाद देवले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘राजविराज बजार  जिल्लाको सदरमुकाम भएकोले जिल्लाको विभिन्न ठाउबाट कामको खोजिमा यहाँको यो मुख्य चोक साविकको त्रिभुवन र हालको गजेन्द्र चोकमा भेला हुन थालेपछि ज्यादारीमा दैनिक काम गर्ने मजदुर खोज्न सर्वसाधारण यहाँ आउँन थालेका हुन् ।’’

बजारमा मजदुर अनुसार रेट पनि फरक छ । लेवरको ५ सय देखि ८ सय ज्याला छ भने मिस्रीको  एक हजार देखि १५ सयसम्म पनि एक दिनको ज्याला रहेको छ। मजदुरका ज्यू ज्यान र फुर्ती अनुसार ज्याला तोकिने गरेको हो ।