मकवानपुरमा २१८ जनामा डेङ्गु सङ्क्रमण
मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको साउन १ गतेदेखि चैत १५ गतेसम्म २१८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।
नेपाल एयरलाइन्सद्वारा सुर्खेत सिमकोट उडान सुचारु
लामो समयपछि नेपाल एयरलाइन्सले कर्णाली प्रदेशका राजधानी सुर्खेतबाट सिमकोटका लागि उडान सुचारु गरेको छ ।
अभद्र व्यवहार मुद्दामा एक जना पक्राउ
सप्तरी प्रहरीले अभद्र व्यवहार मुद्दामा एक जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ।
ठेकेदारको लापरबाहीः २६ करोडको गडगडीघाट पुल नौ वर्षदेखि अधुरो
तनहुँ र नवलपुरको दुई पालिका जोड्ने गडगडीघाट पुल नौ वर्षदेखि अधुरो रहेको छ। ऋषिङ गाउँपालिका र नवलपुरको बुलिङटार गाउँपालिका जोड्ने कालीगण्डकी नदीमा निर्माणाधीन मोटर गुड्ने पुल ठेकेदारको चरम लापरबाहीका कारण अलपत्र परेको हो।
मन्त्रिपरिषद् बैठक आज बस्दै
मबार मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री बालेन शाहले आज अपराह्न ४ बजे बस्ने गरी बैठक बोलाउनुभएको हो ।
गोरखालाई विश्वभरि चिनाउने योजनामा लाग्छु
गोरखा क्षेत्र नम्बर–२ का प्रतिनिधि सभामा निर्वाचित सांसद कवीन्द्र बुर्लाकोटीले गोरखालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने गरी समग्र विकासको योजना अघि सार्ने बताउनुभएको छ । नवनिर्वाचित सांसद बुर्लाकोटीले आफ्नो प्राथमिकता पर्यटन, पूर्वाधार र ऊर्जा विकासमार्फत जिल्लालाई नमुना बनाउने योजना रहेको जनाउनुभएको छ ।
सांसद खनाल सुस्तामा, स्थानीय समस्या बुझ्न स्थलगत अनुगमन
पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. १ का नवनिर्वाचित प्रतिनिधि सभा बिक्रम खनाल सुस्ताबासीको समस्या बुझ्न सुस्ता पुग्नुभएकाे छ। सोही निर्वाचन क्षेत्रमा पर्ने सुस्तामा स्थानीयले भोग्दै आएका विविध समस्या बुझ्न उहाँले स्थलगत जानकारी लिनुभयो।
गोर्खा इतिहास संरक्षण गर्न तस्बिर ग्यालरी
गुल्मीको सत्यवती गाउँपालिका भार्सेलाई लाहुरेगाउँ भनेर चिनिन्छ । सो गाउँ प्राकृतिक, सांस्कृतिक र पर्यटकीय हिसाबले मात्रै नभएर ऐतिहासिक रूपले समेत अध्ययन केन्द्र बन्दै गएको छ । गुल्मीको भार्सेबाट प्रथम र दोस्रो विश्वयुद्ध लड्नेको तस्बिर र इतिहासका लागि स्थापना गरिएको भार्से भूपू गोर्खा तस्बिर ग्यालरी उद्घाटन गरिएको छ ।
शासकीय सुधार मार्गचित्र
अब यथास्थितिमा पुरानो पाराले मुलुक चल्न सक्दैन र चलाउनु पनि हुँदैन । झन्डै दुई तिहाइको जनादेश पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ सरकारले नयाँ तरिकाले मुलुक चलाउने प्रतिबद्धता व्यक्त गरेको छ । यो सरकारप्रति आमनागरिकको ठुलो अपेक्षा छ । मुलुकमा सुशासन होस् र भ्रष्टाचार तथा अपराध नियन्त्रण होस् भन्ने कामना छ । जनअपेक्षा अनुसार काम गर्न सरकारले शनिबार शासकीय सुधारस
सुशासन र आर्थिक सुधार
इतिहास केवल अतीतको घटनाक्रमको अभिलेख मात्र होइन । वास्तविक इतिहास भनेको अतीतको यथार्थ र वस्तुपरक विश्लेषण हो । इतिहासका पाना पल्टाउँदा संसारमा अनेकौँ सभ्यता, साम्राज्य र शासन व्यवस्था उदाएको र कालान्तरमा पतन भएको पाइन्छ ।
जनसाङ्ख्यिक लाभ
नेपाल आज आफ्नो विकास यात्राको निर्णायक मोडमा उभिएको छ । करिब ६४.६ प्रतिशत जनसङ्ख्या सक्रिय कार्यशील उमेर समूहमा रहेकाले देशले जनसाङ्ख्यिक लाभको अवसर अनुभव गरिरहेको छ, जसले आर्थिक भविष्यलाई रूपान्तरण गर्ने क्षमता राख्छ । यो अवसर सीमित र समयबद्ध छ । यसलाई उचित रूपमा उपयोग गर्न सकिएन भने, यो क्रमशः जनसाङ्ख्यिक बोझमा परिणत हुने छ, जहाँ सानो कार्यशील जनसङ्ख्याले बढ्दो वृद्ध जनसङ्ख्यालाई धान्नुपर्ने अवस्था सिर्जना भई आर्थिक तथा सामाजिक संरचनामा ठुलो दबाब पर्ने छ ।
चुस्त सेवा प्रवाहको चाहना
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा करिब दुई तिहाइ मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र (बालेन) शाह नेपालको संविधानको धारा ७६ को उपधारा १ बमोजिम शुक्रबार प्रधानमन्त्री नियुक्त हुनुभएको छ । शाह नेपालको संविधान २०७२ अन्तर्गत प्रधानमन्त्री बन्ने छैटौँ व्यक्ति हुनुहुन्छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित शपथग्रहण समारोहको सुरुमै शङ्खनाद तथा १०८ बटुकले स्वस्तिवाचन र बौद्ध लामाहरूले मङ्गलपाठ गरेका थिए ।
विश्व अर्थतन्त्रमा युद्धको प्रभाव
इरानविरुद्ध अमेरिका तथा इजरायलद्वारा जारी युद्धका कारण विश्व यतिखेर प्रताडित बन्दै गएको छ । एक महिनादेखि जारी युद्धमा धेरै धनजनको क्षति हुनुका साथै विश्व अर्थतन्त्रमा नकारात्मक असर परेको छ तर यो युद्ध अझै रोकिने लक्षण देखिएको छैन । रुस–युक्रेन युद्धको असर भोगिरहेको विश्व अर्थतन्त्रका लागि यो युद्धले थप सकस पैदा गरेको छ भने विप्रेषणले धानेको नेपाल जस्ता राष्ट्रको अर्थतन्त्रलाई अझै बढी अर्थात् दोहोरो मार पर्न सक्ने स्थिति पनि देखिएको छ ।
विद्यार्थी जोशीले बनाए विद्युतीय मोटरसाइकल
निजी क्षेत्रबाट सञ्चालित धनगढीको सिसिएस विद्यालयका विद्यार्थी आसिस जोशीले रिमोटबाट चल्ने विद्युतीय मोटरसाइकल बनाउनुभएको छ ।
श्रमसँँग सम्बन्धित विषय कार्य योजना तत्काल कार्यान्वयन गर्न मन्त्री साहको निर्देशन
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहले मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेका श्रम तथा रोजगारको क्षेत्रलाई व्यवस्थित, मर्यादित एवंम सुरक्षित बनाउन तत्काल कार्ययोजना बनाई कायान्वयन गर्न निर्देशन दिनुभएको छ ।
पूर्वमन्त्री खड्कालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
जिल्ला अदालत काठमाडौँले नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
'बेटिङ एप' र 'वेबसाइट' बन्द
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘अनलाइन’ सट्टेबाजी एप (बेटिङ एप) र त्यससम्बन्धी ‘वेबसाइट’ बन्द गराएको छ।
प्रधानमन्त्री बालेन्द्रको ‘जय महाकाली’ गीत तीन दिनमा ५० लाखले हेरे
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को नयाँ गीत ‘जय महाकाली’ दुई दिनमा ५० लाखले हेरेका छन् ।
सभापति लामिछानेको मुद्दा पूर्ण सुनुवाइ हुने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिट निवेदनमा पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भङ्ग
राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) मा गठित कर्मचारी युनियन भङ्ग गरिएको छ । सरकारले अघि सारेको शासकीय सुधार र मितव्ययिताको योजनाअनुसार युनियन भङ्ग गरिएको हो ।
अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमालेद्वारा ज्ञापनपत्र
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै आज एमालेले ७७ वटै जिल्लाका प्रशासन कार्यलयमा ज्ञापनपत्र बुझाएको छ ।
नेकपा संसदीय दलको नेतामा संयोजक प्रचण्ड सर्वसम्मत चयन
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी संयोजक पुष्पकमल दाहाललाई प्रतिनिधि सभा संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ ।
आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत
नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ ।
मालपोत कार्यालय प्रमुखसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मालपोत कार्यालय, धनकुटाको तत्कालीन कार्यालय प्रमुख सुरेश थपलियासहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।