चुनावपछिका प्राथमिकता
नेपालको संविधान २०७२ जारी भएपछि प्रतिनिधि सभाको चुनावमा एउटै दलले दुई तिहाइ त के सामान्य बहुमत पनि ल्याउन सम्भव छैन भन्ने भाष्य खडा भएको थियो । यो भाष्यले पनि गत फागनु २१ गते भएको चुनावी नतिजा विशेष महत्वपूर्ण प्रतीत भयो । विशेष गरेर ती मानिसका लागि जसले अत्यन्त भरोसाका साथ केही उम्मेदवारले जित्ने विश्वास बोकेका थिए । हुन पनि कुनै खास उम्मेदवारप्रति उसको नीति र चरित्रमाथि भावनात्मक रूपमा निवेश
राजनीतिमा आशाका किरण
नेपाली राजनीतिमा बिपी कोइरालाको वैचारिक निष्ठाले प्रजातन्त्रको भ्रूण रोपियो । गणेशमान सिंहको त्यागले बहुदलीयताको पुनरागमन गरायो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वदायी संवेगले गणतन्त्र प्राप्त भयो । यी सबै घटनाक्रम आफैँमा युगीन उपलब्धि हुन्
विश्वलाई सधैँ युद्धको सास्ती
युद्ध सुरु गरेपछि कति दिनमा अन्त्य हुन्छ भन्न सकिँदैन । अमेरिका र इजरायलले संयुक्त रूपमा इरानसँग सुरु गरेको युद्ध एक साताभित्र अन्त्य हुने ठानिएको थियो । इरानका सर्वोच्च नेतासहित थुप्रै अधिकारी मारिएसँगै इरानले तत्काल हात उठाउने अपेक्षा गरिएको थियो तर इरान झन् आक्रामक बन्यो । एक महिना बितिसक्दा पनि इरान पछि हटेन । युद्ध टुङ्गिने लक्षण देखिएन । उसले त नयाँ नयाँ सर्त तेस्र्याएर चुनौती दिएको छ । यु
कार्यकारी प्रमुखको सङ्कल्प
‘नेपाल हाँसेको देख्न चाहन्छु’ भन्ने वाक्य हालका प्रधानमन्त्री बालेन शाहले बारम्बार व्यक्त गर्ने सङ्कल्प हो । यो केवल भावनात्मक अभिव्यक्ति मात्र नभई राष्ट्रिय दृष्टिकोण हो, जसले सुशासन, समावेशी विकास, र सांस्कृतिक आत्मविश्वासलाई जोड दिन्छ । बालेनले प्रस्तुत गरेको यो दृष्टि नेपाली समाजमा आशा र सकारात्मकता जगाउने प्रयासको रूपमा बुझिन्छ । देशमा बेरोजगारी, भ्रष्टाचार र पला
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापालाई प्रदान गरिएको छ ।
साझा मुद्दामा सामूहिक पहल गर्ने थारू सांसदहरुको प्रतिवद्धता
प्रतिनिधिसभामा नवनिर्वाचित थारु सांसदहरुले संविधानले सुनिश्चित गरेको अधिकार सम्बोधनका लागि सामूहिक पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ । सुनिश्चित भएको अधिकारको कार्यान्वयन गर्ने र बाँकी अधिकार संविधान संशोधनमार्फत सम्बोधनका लागि पहल गर्ने उहाँहरुले विश्वास दिलाउनुभएको छ ।
रोमानियामा राहदानी घुम्ती शिविर : चाैध सय लाभान्वित
वैदेशिक रोजगारीका सिलसिलामा रोमानियामा रहेका नेपाली नागरिकहरूलाई लक्षित गरी सञ्चालन गरिएको राहदानी नवीकरण घुम्ती शिविर सफलतापूर्वक सम्पन्न भएको छ ।
मालपोत अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मालपोत कार्यालय, पर्साका तत्कालीन अधिकृत हरिनारायण मिश्रसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
मार्चमा एक लाख २० हजार पर्यटकको आगमन
सन् २०२६ को मार्चमा एक लाख २० हजार ५१६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
प्रि-मनसुनमा औसतभन्दा बढी वर्षा
प्रि-मनसुन अवधिमा हालसम्म देशभर औसतभन्दा बढी वर्षा भएको छ ।
सभामुखको चुनाव चैत २२ मा हुने
प्रतिनिधि सभाको सभामुख चयनका लागि चैत २२ गते निर्वाचन हुने भएको छ ।
चट्याङका कारण एक दशकमा हजार बढीको ज्यान गयो
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार नेपालमा विगत १२ वर्षमा चट्याङका घटनाबाट ठूलो जनधनको क्षति भएको छ ।
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने लक्ष्यसहित उडान विस्तार र अन्तरराष्ट्रिय वायुसेवा कम्पनी आकर्षित गर्ने नयाँ रणनीति अघि सारिएको छ ।
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
नेपालको न्यायिक इतिहासमा दोस्रोपटक महिलाले नेतृत्व गर्ने अवसर पाएको छ ।
ऊर्जा मन्त्री श्रेष्ठद्वारा सुशासन एकाइ गठन : सहसचिवको नेतृत्वमा अनुगमन हुने
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको कार्यसम्पादनलाई थप चुस्त, पारदर्शी र नतिजामुखी बनाउने लक्ष्यसहित ‘सुशासन एकाइ’ गठन गर्नुभएको छ ।
गृहमन्त्री गुरुङद्वारा जिल्ला प्रहरी परिसर काठमाडौँको अनुगमन
गृहमन्त्री सुधन गुरुङले जिल्ला प्रहरी परिसर काठमाडौँको अनुगमन गर्नुभएको छ ।
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
रुसद्वारा कब्जा गरिएको क्रिमियन प्रायद्वीपमा एक रूसी सैन्य विमान दुर्घटनाग्रस्त हुँदा चालक दलसहित सबै २९ जनाको मृत्यु भएको छ ।
एमाले संसदीय दलको बैठक सुरु
पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ विरुद्ध सडक संघर्षमा उत्रिएको नेकपा (एमाले) संसदीय दलको बैठक शुरु भएको छ ।
नेपालगन्ज नाकाबाट ४६ करोडभन्दा बढीको जडिबुटी निर्यात
पश्चिम नेपालको प्रमुख नाकामध्ये एक नेपालगन्ज नाकाबाट गत आठ महिनामा ४६ करोडभन्दा बढी मूल्यको जडिबुटी निर्यात भएको छ।
धरौटीमा छुटाइदिने भनी नौ लाख ठगी, दुईजना पक्राउ
काठमाडौँ जिल्ला प्रहरी परिसरले धरौटीमा छुटाइदिने भनी नौ लाख रुपियाँ ठगी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ।
छात्रावासमै विद्यार्थीले जन्माइन् बच्चा
पाल्पाको तिनाउ गाउँपालिका–३, झुम्सास्थित तिलोत्तमा माध्यमिक विद्यालयमा छात्रावासमै एक विद्यार्थी (छात्रा) ले बच्चा जन्माएपछि विद्यालय र स्थानीय समुदायमा हलचल मच्चिएको छ । कक्षा ११ मा अध्ययनरत एक छात्रा कल्पना (नाम परिवर्तन) ले गत चैत ११ गते राति विद्यालयकै होस्टेलमा छोरी जन्माउनुभएको हो । विद्यालयका अनुसार ती छात्रा शिक्षा सङ्कायमा अध्ययनरत हुनुहुन्थ्यो ।
‘कृषि र सडक मुख्य प्राथमिकता’
रुपन्देहीको राजनीतिक परिवेशमा पछिल्लो समय एउटा नयाँ नामले विशेष चर्चा पाएको छ– कन्हैया बनिया । प्रदेश सभा सदस्य त्याग्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट सङ्घीय संसद्को यात्रा तय गरेका बनियाँ रुपन्देही निर्वाचन क्षेत्र नं. ४ का जनताको विश्वास जित्न सफल हुनुभएको छ ।
प्रधानाध्यापकमा दलित महिला
जिल्लामा पछिल्लो समय दलित महिला नेतृत्व तहमा पुग्न थालेका छन् । राजनीतिक, सामाजिक, शैक्षिक, स्वास्थ्य र कर्मचारी क्षेत्रमा दलित पुरुषको सहभागिता बढ्न थालेका बेला दलित महिला पनि नेतृत्वमा पुग्न थालेका छन् ।
बाथरोगको पीडा
नेपालमा स्वास्थ्य समस्या जटिल र खर्चिलो बन्दै छ । परिवर्तित खानपान र जीवनशैली नै यसको प्रमुख कारक हो । सर्ने र नसर्ने दुवै रोगबाट नेपाली समाज प्रभावित छ । कतिपय रोग उपचारको प्राथमिकतामा समेत परेको छैन तर यस्तो रोगबाट लाखौँ मानिसले पीडा भोगिरहेका छन् । बाथरोग यस्तै प्राथमिकतामा नपरेको रोग हो । यसबाट धेरै मानिसले दुःख र पीडा भोग्दै आएका छन् । यो रोग बढ्दो क्रममा छ । बाथरोगको पहिचान तथा उपचारमा प्राथमिकता दिन नसक्दा बिरामीहरू उपचारको पहुँचबाहिर छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर कुल जनसङ्ख्याको करिब ३० प्रतिशत मानिसमा कुनै न कुनै प्रकार