• १८ चैत २०८२, बुधबार

धरौटीमा छुटाइदिने भनी नौ लाख ठगी, दुईजना पक्राउ

blog

काठमाडौँ, चैत १८ गते । काठमाडौँ जिल्ला प्रहरी परिसरले धरौटीमा छुटाइदिने भनी नौ लाख रुपियाँ ठगी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरू हाल कारागार कार्यालय काठमाडौँ, सुन्धारामा पुर्पक्षका लागि थुनामा रहेका तीन जना प्रतिवादीसँग सम्बन्धित थिए।

प्रहरी ४५ वर्षीय हरिबहादुर थापा मगर र ३७ वर्षीया मिठु मगर (अनिता थापा मगर)लाई पक्राउ गरेको हो । उहाँहरु श्रीमान श्रीमती हुनुहुन्छ ।

प्रहरीका अनुसार,हरि बहादुरले सर्वोच्च अदालतमा आफ्नो चिनजानको न्यायाधीशको माध्यमबाट ती प्रतिवादीहरूलाई धरौटीमा छुटाइ दिने आश्वासन दिँदै धरौटी रकम र वकिलको बहस खर्च बुझाउन भन्नुभएको थियो। उहाँले श्रीमती मिठु मगरको खातामा नौ लाख जम्मा गर्न लगाएर ठगी गरेको आरोप छ। प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ।