शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोकुल भुजेल
भोजपुर, फागुन २१ गते । भोजपुर नगरपालिका–४ दावाँकी १०२ वर्षीया चन्द्रमाया खड्काले श्री सिद्धेश्वर माध्यमिक विद्यालय दावाँबाट मतदान गर्नुभएको छ ।
जिल्लाबाट आज ५९ हजार २ सय ५३ जना महिला र ६४ हजार १ सय २५ जना गरी कुल १ लाख २३ हजार ३ सय ७९ जनाले १ सय ६१ मतदान केन्द्रबाट मतदान गर्दैछन ।
त्यस्तै जिल्लामा एउटा प्रतिनिधिसभा सदस्यका लागि १२ वटा दलले सहभागीता जनाएका छन् ।