• २३ फागुन २०८२, शनिबार

मोरङ-१ मा रास्वपाका यज्ञमणि न्यौपाने विजयी

blog

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार यज्ञमणि न्यौपाने

हरि कोइराला

उर्लाबारी, फागुन २३ गते । मोरङको निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार यज्ञमणि न्यौपाने विजयी हुनुभएको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को कार्यालयले शनिबार राति सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार न्यौपाने २७ हजार ३६७ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीका उम्मेदवार शान्ति पाख्रिन लामालाई नौ हजार ८४५ मतान्तरले पराजित गर्दै न्यौपाने विजयी हुनुभएको हो । पाख्रिनले १७ हजार ५२२ मत पाउनुभयो । नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर फागोले ११ हजार ९८६ मत प्राप्त गर्नुभयो । नेकपा (एमाले) का उम्मेदवार घनश्याम खतिवडाले नौ हजार ८२३ मत पाउनुभयो भने नेकपाका उम्मेदवार कुलप्रसाद साम्वाले दुई हजार २२४ मत प्राप्त गर्नुभयो ।

मोरङ १ मा एक लाख २८ हजार ५४५ मतदाता रहेकोमा ७७ हजार ५८५ मत खसेको थियो ।