युके पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
टी–२० विश्वकप ट्रफी नेपाल आउनु देशका लागि गौरव : राष्ट्रपति पौडेल
राष्ट्रपति भवन शीतल निवासमा सोमाबार विश्वकप ट्रफी सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले यस ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलाएको धारणा व्यक्त गर्नुभयो ।
तीस हजार क्विन्टल धान खरिद
बर्दियामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड राजापुरले ३० हजार दुई क्विन्टल धान खरिद गरेको छ । खाद्यले किसानबाट सरकारले तोकेको समर्थन मूल्यमा २८ हजार ८२ क्विन्टल मोटा र एक हजार ९ सय २० क्विन्टल मध्यम धान खरिद गरेको हो ।
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक
नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ ।
स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकहरुको आग्रह
देशको विभिन्न भूभागमा चिसो बढ्दै जाँदा शीतलहर र हिमपातका कारण जनजीवन प्रभावित हुन थालेको छ। जाडोयाममा तापक्रम घट्दा स्वास्थ्यमा असर पर्न थालेको छ।
पेट्रोलियम पदार्थ अन्वेषण
नेपालमा प्राकृतिक स्रोतको कमी छैन । जलस्रोतमा ब्राजिलपछि दोस्रो धनी मुलुक हो । आर्थिक उदारीकरणको नीतिसँगै जलविद्युत्मा निजी क्षेत्र संलग्न भएसँगै बल्ल मुलुकले फड्को मार्दै छ । करिब चार हजार मेगावाट विद्युत् उत्पादन हुन थालेको छ । लोडसेडिङ हटेको छ । ९८ प्रतिशत नेपालीको घरमा बिजुली पुगेको छ । वर्षायाममा भारत र बङ्गलादेशमा बिजुली निर्यात गर्न
देशको भाग्य परीक्षा
सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि मुलुक अपेक्षाकृत स्थिरतातर्फ उन्मुख हुने विश्वास गरिएको थियो तर त्यसो हुन सकेन । २०८२ फागुन २१ मा निर्धारित सङ्घीय संसद्को निर्वाचन कुनै पनि दृष्टिकोणबाट सामान्य आवधिक निर्वाचन मात्र होइन ।
भाषिक अधिकारको रक्षा
भाषा केवल शब्दहरूको संयोजन वा दैनिक बोलचालको साधन मात्र होइन, यो व्यक्तिको सोच्ने तरिका, अनुभूति व्यक्त गर्ने शैली र संसारलाई हेर्ने दृष्टिकोणसँग प्रत्यक्ष रूपमा गाँसिएको हुन्छ ।
चिसोमा तातेको राजनीति
२०१७ साल पुस १ गते राजा महेन्द्रको शाही ‘कु’ लगत्तै प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो । केही समयपछि सुन्दरीजलमा बन्दी गृह बनाएर कोइ
न्यायालय सुधारको समय
न्यायपालिका सुधारका लागि चिन्ता, चासो र व्यग्रताबिच न्यायपालिकाको नेतृत्वमा प्रकाशमानसिंह राउतको आगमन भएको थियो । त्यतिबेला न्यायिक वृत्तमा ‘के अब न्याय परिषद् ब्युँझिएला ?’ भन्ने प्रश्न न्यायप्रेमी समुदायबिच नउठेका होइनन् । न्याय परिषद् जागा नरहे न्यायिक मूल्य, न्यायाधीशको निष्ठा, नैतिक आचारण र मर्यादामा उठेका प्रश्न ‘ज्युँका त्युँ’ रहने भएकाले पनि न्यायका शुभेच्छुकको चिन्ता र चासो उत्पन्न हुनु अस्वाभाविक होइन । न्यायालयमा थिति बसाएर न्यायका याचकलाई विश्वास दिलाउने जिम्मा न्याय परिषद्कै हो ।
सन् २०२५ मा एआई : प्रविधिमा अविरल विस्तार
एक्काइसौँ शताब्दीको पहिलो २५ वर्ष हामीबाट बिदा भइसकेको छ । विगत वर्षहरूमा झैँ अन्तर्राष्ट्रिय राजनीति, द्वन्द्व र जलवायु परिवर्तनसँगै सन् २०२५ मा पनि सूचना प्रविधि चर्चाको शिखरमा रह्यो । विशेषगरी कृत्रिम बौद्धिकता (एआई) मा थपिएका नयाँ आयाम, यसको असर र यसबारे गरिएका भविष्यवाणी रोचक रहे ।
साउदी अरब नेतृत्वको आक्रमण : यमनमा ८० जनाको मृत्यु
यमनको पृथकतावादी दक्षिणी सङ्क्रमणकालीन परिषद् (एसटिसी) का कम्तीमा ८० सैनिकहरू साउदी अरबको सहयोगप्राप्त सेनासँगको लडाइँ र आक्रमणमा मारिएका समूहका एक सैन्य अधिकारीले आइतबार एएफपीसँग बताएका छन्।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दै
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबारे बस्ने भएको छ।
बुढीगङ्गा नगर भवन निर्माण ठेक्का: तीन करोड २७ लाखको भ्रष्टाचार मुद्दा
बाजुराको बुढीगङ्गा नगरपालिकाको नगर भवन निर्माण ठेक्का प्रक्रियामा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ।
अमेरिकी तेल कम्पनीले भेनेजुएलामा लगानी गर्न पाउने : ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकी तेल कम्पनीले भेनेजुएलामा प्रवेश गरी त्यहाँका विशाल कच्चा तेल भण्डारको उपयोग गर्न पाउने बताउनुभएको छ ।
एमाले उपाध्यक्ष पौडेल रूपन्देही २ बाट एकल सिफारिस
नेकपा एमाले रूपन्देहीले रुपन्देहीको क्षेत्र नम्बर २ बाट पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई प्रतिनिधि सभाको निर्वाचनका लागि एकल सिफारिस गरेको छ ।
चुनाव गराउनका लागि वातावरण तयार गर्नु पर्छ : नेता महासेठ
नेकपा एमालेका उपमहासचिव एवम पूर्व उपप्रधान मन्त्री रघुविर महासेठले अझै पनि देशमा चुनावी वातावरण तयार हुन नसकेको भन्दै निर्धारित फागुन २१ गते चुनाव गराउनका लागि सरकारले वातावरण तयार गर्नुपर्ने धारणा राख्नुभएको छ ।
त्रिशूली नदीमा दुई युवक बेपत्ता
गोरखा र चितवनको सिमानमा रहेको इच्छाकामना गाउँपालिका–४ स्थित कुरिनघाट क्षेत्रमा शनिबार बेलुका त्रिशुली नदीमा नुहाउने क्रममा दुई जना युवक बेपत्ता भएका छन् ।
आरोहीका मार्गदर्शक एडमन्ड–तेन्जिङ
सन् १९५३ मे मा एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको १० वर्षपछिसम्म थप १३ जना सगरमाथाको शिखरमा पाइला टेक्न सके । सन् १९७३ सम्म आइपुग्दा सगरमाथा आरोहण गर्नेको कुल सङ्ख्या ३६ पुग्यो ।
मधेशमा सवारी दुर्घटना भयावह बन्दै
मधेश प्रदेशमा पछिल्ला केही वर्षयता सवारी दुर्घटनाका घटनाहरू तीव्र रूपमा बढ्दै गएका छन् । उपलब्ध तथ्याङ्कले नेपालभर सवारी दुर्घटनाबाट ज्यान गुमाउनेमध्ये करिब २१ प्रतिशत मधेश प्रदेशमै पर्ने गरेको देखाएको छ ।
मधेशमा फेरि शीतलहर, जनजीवन प्रभावित
सर्लाहीसहित मधेश प्रदेशका जिल्लामा पुनः शीतलहर सुरु भएपछि जनजीवन कष्टकर बनिरहेको छ । बिहीबार र शुक्रबार दिउँसो पारिलो घाम लागेपछि शनिबारदेखि पुनः शीतलहर भएपछि जनजीवन कष्टकर भएको हो ।
मतदाताको इजलास
ताजा जनादेशका निम्ति हुन लागेको प्रतिनिधि सभाको निर्वाचन आउन अब दुई महिना मात्र बाँकी छ । प्रतिनिधि सभाको संरचना समानुपातिक र प्रत्यक्ष निर्वाचन पद्धतिबाट पूरा हुने संवैधानिक व्यवस्था छ । समानुपातिक निर्वाचनका निम्ति उम्मेदवारको बन्दसूची प्रस्तुत गर्ने समयसीमा पनि पूरा भइसकेको छ । निर्वाचन आयोगले बन्दसूचीको नामावली समानुपातिक र समावेशी संवैधानिक मर्म अनुरूप भए नभएको जाँचबुझ गरिरहेको छ । आयोगले निर्वाचन तयारीमा कुनै कमी हुन नदिई अगाडि बढाइरहेको छ । भदौ २३ र २४ गतेको नवपुस्ता अर्थात् जेनजी
नयाँ बन्ने संसद्को रूपरेखा
नेपालको संविधानले सङ्घीय सांसदलाई सार्वभौम जनताको प्रतिनिधिका रूपमा कानुन बनाउने, सरकारलाई नियन्त्रण तथा सन्तुलनमा राख्ने र राज्यको स्रोतसाधनको बाँडफाँट (बजेट) गर्ने सर्वोच्च जिम्मेवारी सुम्पेको छ । संविधानले सङ्घीय सांसदसँग यस्तो अपेक्षा गरे पनि अहिले समानुपातिक सांसदका उम्मेदवार र प्रत्यक्ष उम्मेदवारको तयारी गरिरहेकाहरूले यो पक्षलाई पटक्कै ख्याल राखेको देखिँदैन । सम्भावित तथा प्रस्तावित सांसदहरूले विकास गर्छु, कुलो नाला बाटो बनाउँछु, एयरपोर्ट बनाउँछु भन्ने जस्ता मुद्दामा बोलिरहेको देखिन्छ ।
युवामा नागरिक शिक्षाको प्रभाव
मानिसको पुस्तान्तरणको अन्तर जुगानुजुगदेखि चल्दै आएको छ । पुस्ता बदलिन्छ र विचार पनि बदलिन्छ । एकअर्काबिचको सम्बन्ध फरक हुन्छ । खाने चिज फरक हुन्छ, लगाउने कपडा फरक हुन्छ । किन्न जाने पसल, उपभोग गर्ने वस्तु पुस्तासँगै बदलिन्छ । आज देखिएको सोच र प्रविधिले जीवन शैलीमा ठुलो परिवर्तन ल्याएको छ । आज जेनजीका माग र आन्दोलन पनि यसै गरी