सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना गरिएको छ।
कार्यालय समय पालना भए र नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली
राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक सेवा प्रवाह भए र नभएकाबारे छड्के गर्न राजधानीबाहिर टोली खटाएको छ ।
तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता
प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव नगरी आफूले सदनमा तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय सभा उपाध्यक्षमा भण्डारी निर्विरोध निर्वाचित
राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी निर्विरोध निर्वाचित हुनुभएको छ ।
मातृभूमिमा लगानीका लागि अभिप्रेरित गर्न गैरआवासीय नेपालीलाई राष्ट्रपतिको आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा रहेको लगानीको अपार सम्भावनाको सदुपयोग गर्न र आफू बसोवास गरेको मुलुकका लगानीकर्तालाई मातृभूमिमा लगानीका लागि अभिप्रेरित गर्न गैरआवासीय नेपालीलाई आग्रह गर्नुभएको छ ।
‘वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ ’
सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूले वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एकताबद्ध आवाज उठाउन एक हुनुपर्नेमा जोड दिनुभएको छ ।
यस वर्ष २३ स्थानमा बर्डफ्लू
यस वर्ष चैतमा मात्र २३ स्थानमा बर्डफ्लू रोग देखिएको छ ।
राष्ट्रिय सभा बैठक : इन्धन असहजता र बढ्दो महँगीका विषयमा ध्यानाकर्षण
राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले इन्धनको असहजता र बढ्दो महँगीका विषयमा ध्यानाकर्षण गराउनुभएको छ ।
लेखा अधिकृतसहित पाँच जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखराका लेखा अधिकृत झलक शर्मा पौडेलसहित पाँच जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको छ ।
रौतहटको ग्रामीण भेगमा भकारीको प्रयोग अझै यथावत्
रौतहटको ग्रामीण भेगमा अन्न भण्डारण गर्ने परम्परागत साधन ‘भकारी’ हालसम्म पनि प्रयोग मै छ ।
काठमाडौँ उपत्यकामा नियम उल्लङ्घन गरी सवारी चलाउनेविरुद्ध कडा निगरानी
काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा नियम उल्लङ्घन गरेर सवारी चलाउने चालकविरुद्ध कडा निगरानी तथा कारबाही अभियान सुरु गरेको छ ।
फेवाताल जग्गा प्रकरणमा कानुनी उपचार खोज्ने गृहमन्त्रीको स्पष्टीकरण
गृहमन्त्री सुधन गुरुङले कास्कीको फेवाताल जग्गा प्रकरणमा आफू ठगिएकाले कानुनी उपचारमा जाने स्पष्ट पार्नुभएको छ ।
सानो माछाको कथा
समुद्रको शान्त र सुन्दर भागमा माछाको एउटा परिवार बस्थ्यो । उनीहरूको परिवारमा तीन जना सदस्य थिए । परिवारमा आमा माछा, बुवा माछा र उनीहरूको सानो बाबु माछा थियो । परिवार सुखी र खुसी थियो । सानो माछा निकै चञ्चल र जिज्ञासु स्वभावको थियो । ऊ आफ्ना साथीसँग लुकाछिपी खेल्न, कहिले माथि त कहिले गहिराइमा पौडिन धेरै रमाउँथ्यो । ऊ एक दिन खेल्दाखेल्दै घरबाट अलि टाढा पुग्यो । ऊ अचानक ए
प्राकृतिक सम्पदा संरक्षण
प्राकृतिक सम्पदा र जैविक विविधताको दृष्टिले नेपाल विश्वमै सुन्दर मुलुक हो । यहाँका प्राकृतिक सम्पदा मौलिक र सुन्दर छन् । यी सम्पदामध्ये कतिपय मानवीय र प्राकृतिक अतिक्रमणको चपेटामा परेर खुम्चिने र विरूपको अवस्थामा पुगेका छन् । यस्ता सम्पदाको संरक्षण गरेर प्राकृतिक अवस्थामा फर्काउनु सरकारलगायत सबैको सामूहिक दायित्व र जिम्मेवारी हो । पर्यटकीय राजधानी पोखराको सुन्दर फेवाताल लामो समयसम्म यस्तै अतिक्रमणको सिकार बनेको छ । यसको सौन्दर्य र मौलिकतामाथि भइरहेको अतिक्रमणले सबैलाई चिन्तित बनाएको छ । जन निर्वाचत वर्तमान शक्तिशाली सरकारले यो अतिक्रमण हटाउन सुरु गरेको
प्रगतिपथका अवरोधक
संसारका मुलुकमा भएका राजनीतिक परिवर्तनका घटना एवं प्रवृत्ति केलाउँदा सबैभन्दा तीव्र राजनीतिक परिवर्तन हुने मुलुकमा नेपाल पनि पर्छ । सन् १७८१ मा अमेरिकामा जारी भएको पहिलो संविधानलाई प्रतिस्थापित गर्दै सन् १७८८ देखि कार्यान्वयनमा आएको दोस्रो संविधान २७ औँ पटकसम्म संशोधित हु्ँदै २३८ वर्षदेखि अहिलेसम्म कार्यान्वयनमा छ । यही संविधानले शासित मुलुक अमेरिका संसारभर विकसित र श
सयबुँदेमा छुटेको विषय
गत भदौ २३–२४ को जेनजी आन्दोलनको म्यान्डेट अनुसार समयमै निर्वाचन सम्पन्न भयो । निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी लगभग दुई तिहाइ बहुमतसहित विजयी भयो र सरकार गठन पनि ग¥यो । भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने मूल अभिभारा बोकेको वर्तमान सरकारबाट नेपाली जनताले धेरै ठुलो अपेक्षा राखेका छन् । २०४६ सालको परिवर्तनपछि देशमा साँच्चै आमूल सुधार हुने छ भन्ने सोचेका जनतामा विसं २
महँगो इन्धनको दुष्प्रभाव
मानव सभ्यतामा युद्धले कहिल्यै सकारात्मक प्रतिफल दिएको छैन । दुई वटा महायुद्धले हैरानी खेपेको विश्वले संयुक्त राष्ट्रसङ्घको स्थापनापछि केही स्थायित्व प्राप्त गरेको थियो । त्यसले शान्ति र स्थायित्वको यत्न गरेको थियो । तथापि शीतयुद्धको ओझेल त भोगेकै हो । शीतयुद्धकै कारण संसारलाई नै दुष्प्रभाव पार्ने ठुला दुष्कार्य भने भएनन् तर यताका वर्षमा युद्धले आपूर्ति शृङ्खलामा ठुलो दुष्प्रभाव पार्न थालेको छ । चार वर्षअ
जनसरोकारका क्षेत्रमा चासो
जेनजी आन्दोलनका कारण फागुन २१ गते भएको विशेष निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झन्डै दुई तिहाइ सिटमा विजय हासिल ग¥यो । यो विजयपछि रास्वपा पहिलो मन्त्रीपरिषद् बैठकबाट नै सरकारका सयबुँदे कार्यसूची ल्याइएको छ । नयाँ सरकार गठन भएको १० दिन मात्र भएको छ । सरकारले देशको ओज उँचो राख्ने आशा यतिखेर सबैले गरेका छन् । सरकारका थुप्रै नवीन कार्यक्रम आउलान्, जसले देशको मुहार
इरानमा ३७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमा आक्रमण गरेलगत्तै लागू गरिएको इरानको इन्टरनेट अवरूद्धता अहिलेसम्म रेकर्ड गरिएको ‘सबैभन्दा लामो’ राष्ट्रव्यापी अवरूद्धता भएको इन्टरनेट अनुगमन तथा विश्लेषण गर्ने संस्था नेटब्लक्सले जनाएको छ।
बागमती प्रदेश सभाको १७ औँ अधिवेशन चैत २४ गतेबाट
बागमती प्रदेशको प्रदेश सभाको सत्रौँ अधिवेशन यही चैत २४ गतेका लागि आह्वान गरिएको छ ।
सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवा प्रवाहमा देखिएका समस्या, ढिलासुस्ती र नागरिक गुनासोलाई व्यवस्थित रूपमा सम्बोधन गर्न ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना गरेको छ ।
रत्ननगरले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने
रत्ननगर नगरपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने भएको छ । आगामी शैक्षिक सत्रदेखि शिशु कक्षादेखि कक्षा १२ सम्मका विद्यार्थीलाई निः शुल्क शिक्षा दिन लागिएको हो ।
महान्यायाधिवक्तामा डा. कँडेल नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको महान्यायाधिवक्ता पदमा अधिवक्ता डा. नारायणदत्त कँडेललाई नियुक्त गर्नुभएको छ ।
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा नियमावली, २०७५ बमोजिम विषयगत समितिहरूमा सदस्यहरूको मनोनयन तथा हेरफेर गर्नुभएको छ ।