‘इको पहिरो’ नियन्त्रण हिउँदमै हुने
अरनिको राजमार्ग अन्तर्गत कोदारी–तातोपानी क्षेत्रमा वर्षौँदेखि जोखिम बढाउँदै आएको ‘इको पहिरो’ नियन्त्रणका लागि बहुप्रतीक्षित परियोजना अघि बढाइएको छ ।
होर्मुज तनाव चर्किँदै, प्रति आक्रमणको चेतावनी
मध्यपूर्वमा बढ्दो सैन्य तनावबिच इरानले अमेरिकी चेतावनीको कडा प्रतिवाद गर्दै आफ्ना पूर्वाधारमा कुनै पनि आक्रमण भए क्षेत्रभरिका रणनीतिक संरचनामाथि प्रतिआक्रमण गर्ने स्पष्ट सङ्केत दिएको छ ।
बालसुधार गृह : मुद्दा र सेवा अभाव प्रमुख समस्या
बाँके जिल्लाका बालसुधार गृहहरूको संयुक्त अनुगमनले बालन्याय प्रणाली, शिक्षा, मनोसामाजिक सेवा, न्यायिक प्रक्रिया र पुनःस्थापनामुखी कार्यक्रमका क्षेत्रमा गम्भीर समस्या रहेको निष्कर्ष सार्वजनिक गरेको छ।
जनजाति महासंघको अध्यक्षमा ह्योल्मो निर्वाचित, महासचिवमा सारु मगर
आदिबासी समुदायको छाता संगठन नेपाल आदिबासी जनजाति महासंघ (नेफिन) को अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित हुनुभएको छ ।
उपराष्ट्रपति यादवद्वारा पानी दिवसको शुभकामना
उपराष्ट्रपति रामसहायप्रसाद यादवले पानीको न्यायपूर्ण वितरण र पहुँच सुनिश्चित गर्न राज्यका नीतिहरू प्रभावकारी बनाउन जरुरी रहेको बताउनुभएको छ ।
‘सुखड–भजनी सडकलाई भारतीय बजारसम्म जोड्न पहल गर्छु’
लामो समयदेखि जनप्रतिनिधि हुने प्रयास गरिरहेका जगतप्रसाद जोशी कैलाली क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य बन्न सफल हुनुभएको छ । विगतमा राष्ट्रिय जनमोर्चाबाट उम्मेदवार बन्दै आएका जोशी यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित हुनुभएको छ ।
फर्कंदै नेपाली श्रमिक
युद्ध मानव समाजको चाहना कहिल्यै भएन । युद्धले दिने नतिजा ध्वंस नै हो । दुई वटा महायुद्धले विश्व मानव समाजलाई युद्धप्रति वितृष्णा मात्र जगाएन, युद्ध रोक्न अनेक संस्थागत प्रयास भए । सभ्यताको उषाकालदेखि नै युद्धको विभीषिका भोगेको मानव समाजले यताका केही वर्षदेखि फेरि अनेक युद्ध सहनु परेको छ । रुसले युक्रेन अतिक्रमण गरेपछिको युद्ध होस् वा इजरायल र गाजाको युद्ध, आपूर्ति प्रणालीमा असन्तुलन भए
प्रशासनिक सुधारको थालनी
नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनव्यवस्था अङ्गीकार गरेको छ । संविधानको प्रस्तावनाले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा राखेको छ । राज्य नीतिका निर्देशक सिद्धान्त सरकार र प्रशासनिक प्रणालीका मार्गदर्शक सिद्धान्त हुन् । संसद्ले निर्माण गरेका कानुन अनुसार सरकार र प्रशासनिक कार्यप्रणाली सञ्चालन हुन्छ । सङ्घीय गणतन्त्रात्मक संसद्ले कानुन निर्माणभ
नागरिक विवेकमा लुकेको शक्ति
नागरिकले राजनीतिक दलको आफूसँगको सम्बन्धको स्तर मापन गरिदिएका छन् । नयाँस्तर मापनले शक्तिको सदुपयोग गर्न जानिएन भने शक्तिहीन भइँदोरहेछ भन्ने पुष्टि गरिदिएको छ । शक्ति नहुनेको पनि दिन आउँदो रहेछ ।
संसदीय प्रक्रियामा मर्यादा
फागुन २१ को आमनिर्वाचनबाट चुनिएका बहुसङ्ख्यक प्रतिनिधि सभा सदस्य पहिलो पटक संसदीय भूमिकामा प्रवेश गरेका छन् । राजनीतिक पृष्ठभूमिभन्दा बढी विभिन्न पेसागत र सामाजिक जीवनमा सक्रिय युवाले पाएको यो असाधारण सफलताले लोकतन्त्रको सुदृढीकरण, संसदीय प्रभावकारिता र शासकीय सुधारका बहुआयामिक क्षेत्रमा नयाँ अवसर र चुनौती सिर्जना गरेको छ । परम्परा र औपचारिकतामुखी संसदीय प्रक्रि
समृद्धिको पहिलो पाइला शिक्षा
आमनागरिकमा संविधान सभाबाट निर्मित संविधान आएपछि देशमा सुशासनको प्रत्याभूति हुने छ, जनताले सुख पाउलान् भन्ने ठुलो अपेक्षा थियो । सीमित टाठाबाठा र तिनका आसेपासेबाहेक अरूमा त्यो लागु हुन सकेन । नातावाद र कृपावादका आधारमा देशका महत्वपूर्र्ण निकायमा नियुक्ति गर्न थालियो । देशभित्रका तमाम क्षेत्रलाई दलीयकरण गर्दै लगियो । ठुलठुला सङ्घर्ष र बलिदानबाट प्राप्त परिवर्तनलाई सुदपयोग गर्न दलीय नेतृत्व चुक्यो ।
आज दुई प्रदेशमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव छ । साथै कोशी, मधेश र बागमती प्रदेशलगायतका पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लागेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
वर्षाले मुसुरो र केराउ बाली नोक्सान
चैतको पहिलो साता भएको वर्षा र असिनाले कैलालीको टीकापुर क्षेत्रमा दलहन बालीमा ठुलो क्षति पुर्याएको छ ।
उपचारपछि ८३ जना दादुराका बिरामी डिस्चार्ज
दादुराको उपचारपछि निको भएका ८३ जना बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् । बुर्तिवाङ जिल्ला अस्पतालबाट ७२ जना र बोबाङ स्वास्थ्य चौकीबाट ११ जना बिरामी उपचारपछि निको भएर घर फर्किएका हुन् ।
खप्तडी बस्नेत गोरखा हुँदै छरिए पूर्वतिर
नेपालमा हालसम्म १७ वटा कौशिक गोत्री थर रहेको पाइन्छ । कौशिक गोत्री महर्षि विश्वामित्रका सन्तान खप्तडी बस्नेत हुन् । खप्तडी बस्नेतहरूको इतिहास चन्द्रवंशी राजा कुशसँग जोडिएको छ । प्रजापतिका पुत्र कुश र कुशनाभ थिए । कुशनाभका पुत्र गाधी थिए । विश्वप्रसिद्ध मानिएका क्षेत्रीय कुलका विश्वामित्र ऋषि उनै गाधीका पुत्र थिए । विश्वामित्र ऋषिले कोशी नदीको कि
दाउन्ने सडक खण्डमा वर्षा र लेदो माटोले यात्रा कठिन
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा वर्षाका कारण यातायात सञ्चालनमा समस्या देखा परेको छ। सडक अत्यधिक चिप्लो हुनु र लेदो माटोका कारण सवारी साधनहरू बिच सडकमै अड्किने समस्या बढेको छ।
‘सहिदको सपनालाई मार्गदर्शन मानेर काम गर्छु’
गोरखाको सामान्य परिवारमा जन्मिएका डा. स्वर्णिम वाग्ले अहिले नेपाली राजनीतिको चर्चित र प्रभावशाली अनुहारका रूपमा स्थापित हुनुभएको छ । अर्थशास्त्री, नीतिगत विज्ञ र योजनाविद्का रूपमा अन्तर्राष्ट्रिय पहिचान बनाइसकेका वाग्ले तनहुँ–१ बाट दोस्रो पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
अलपत्र कृष्ण मोटरमार्गको ठेक्का रद्द
तनहुँको घिरिङ गाउँपालिकाले कृष्ण मोटर मार्गको ठेक्का रद्द गरिदिएको छ । लामो समयदेखि कानुनी झमेलामा रुमल्लिएर अलपत्र बनेको सो मार्गको ठेक्का रद्द गरी नयाँ प्रक्रिया अघि बढेको हो ।
ऊर्जा लगानीकर्तामा उत्साह
फागुन २१ गते सम्पन्न चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट बहुमत पाएको छ । नेपालको निजी क्षेत्रले लामो समयदेखि कुनै राजनीतिक दलले बहुमत प्राप्त सरकार बनाओस् र लगानीकर्तालाई स्थिर नीतिमार्फत ल
मातृभाषामा शपथ, राष्ट्रिय गौरव
नेपालले अबको सम्भवतः एकसाताभित्र प्रधानमन्त्रीका रूपमा बालेन्द्र (बालेन) शाहलाई पाउने छ । पहिलो पटक मतदानमा सहभागी युवादेखि ज्येष्ठ नागरिकसम्म सबैका लोकप्रिय ३५ वर्षीय बालेनलाई चुनावी प्रचारमै प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अगाडि सारेको थियो । बालेनलाई रास्वपाले प्रतिनिधि सभाको संसदीय दलका नेता चुनेपछि उहाँ नेपालको प्र
शिक्षामा आध्यात्मिक चेतना
समकालीन समाजमा बढ्दो नैतिक सङ्कट, सामाजिक विघटन, मानसिक तनाव र मूल्य–सङ्कटले शिक्षा केवल बौद्धिक विकासमा सीमित भएको छ । त्यसैले परम जीवन तन्त्र र आध्यात्मिक चेतना जस्ता अवधारणा शिक्षा प्रणालीका ला
अध्ययन संस्कृतिको धरोहर
कहिलेकाहीँ सूचना पनि नराम्रोसँग जानकारीबाट ओझेल पर्ने गर्छन् । धेरै मानिसले सामान्य मानिरहेको सूचना पनि आफूलाई अनौठो हुन पुग्छ । मैले यस्ता घटना जीवनमा धेरै भोगेको छु । कतिपय सामान्य लाग्ने कुरा पनि आफूले नजान्दा अरूले खिसी गरेका भनाइ पनि खाएको छु । यस्ता कुराले मलाई खासै असर भने पार्दैन । किनकि नजानिञ्जेल मूर्ख भइने हो, जानेपछि सामान्य भइन्छ ।
नेतन्याहूद्वारा युद्ध अन्त्यको आश्वासन, कच्चा तेलको मूल्यमा गिरावट
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानलाई ‘विनाश’ गरिरहेको युद्ध र धेरैले आशङ्का गरेभन्दा पहिले नै समाप्त हुने बताउनुभएको छ।
दाउन्नेमा राति मालवाहक सवारी सञ्चालनमा रोक
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा तीन दिनसम्म राति ठूला मालवाहक सवारी सञ्चालनमा रोक लगाइएको छ ।