राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद लीलाकुमारी भण्डारीले उम्मेदवारी दिनुभएको छ ।
गृहमन्त्री गुरुङलाई कसैको दबाब र प्रभावमा नपर्न सांसद पुनको सुझाव
स्वतन्त्र सांसद महावीर पुनले गृहमन्त्री सुधन गुरुङलाई कसैको दबाब र प्रभावमा नपर्न सुझाव दिनुभएको छ ।
कानुन निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउनका लागि प्रतिवद्ध छुः कानुनमन्त्री गौतम
कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानून निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउन आफू प्रतिवद्ध रहेको बताउनुभएको छ ।
अर्यालको शालीनता र व्यवस्थापकीय क्षमताबाट संसद् लाभान्वित हुनेछः डा. वाग्ले
अर्थमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा.स्वर्णिम वाग्लेले सभामुख पदका उम्मेदवार डोलप्रसाद (डीपी) अर्यालको समर्थन गर्दै उहाँको अनुभव र शालीनताले संसद्को गरिमा बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।
स्टेथेस्कोपको कथा
बाँसुरी मेरो अभिन्न साथी हो । यदि म चिकित्सक नभएको भए एउटा राम्रो बाँसुरीवादक हुन सक्थेँ कि ? प्रथम पटक कसले मेरो हातमा बाँसुरी थमाइदियो र को ले बजाउन सिकाइदियो । मलाई हेक्का छैन । म गर्भमा हुँदा बा बितिसक्नुभएको थियो । मेरो काठे मञ्जुषामा नयाँ–पुराना एक दर्जन बाँसुरी छन् । फरक फरक बाँसुरीका धुन बजाएर प्रत्येकलाई क्रियाशील बनाइराखेको छु । आजको यो अठारौँ शताब्दीको बढ्दो आकर्षणले म चिकित्सक बनेँ । चिकित्सा
‘जनतालाई शिरमा राखेर काम गर्छु’
सप्तरी निर्वाचन क्षेत्र नं. ४ बाट सीताराम साह प्रतिनिधि सभाको निर्वाचनमा पहिलो पटकमै विजयी बन्नुभयो । शक्ति, सामथ्र्य र विरासत बनाएका प्रतिस्पर्धीलाई साहले निर्वाचनमा ३६ हजार ४१२ मत प्राप्त गरेर हराउनुभयो ।
लागुऔषधविरुद्ध कठोर कदम
युवापुस्ता मुलुकको भविष्य मात्र होइनन्, वर्तमानका सशक्त ऊर्जा हुन् । युवापुस्ताको लगन र क्षमताबाटै समाजले प्रगतिको गति लिन सक्छ । विश्वभर नै युवालाई आफ्नो लक्ष्यान्तर गर्ने अनेक बाधक तत्व खडा भएका हुन्छन् । लागुऔषधको कुलत त्यस्तै मूल बाधक तत्व हुन सक्छ । लागुऔषधविरुद्ध अनेक कार्य सञ्चालनमा भए पनि यसमा चाहेको सफलता प्राप्त हुन सकेको छैन । लागुऔषधले युवापुस्तालाई सताइरहेको छ
नवप्रवर्तनबाटै समृद्धि
यो युवा र अवसरको समय हो । यो निर्णयको घडी पनि हो । नेपाल आज यस्तो ऐतिहासिक मोडमा उभिएको छ, जहाँ सानो निर्णयले पनि ठुलो दिशा तय गर्न सक्छ । विश्व तीव्र गतिमा प्रविधि, ज्ञान र नवप्रवर्तनमा आधारित अर्थतन्त्रतर्फ अघि बढिरहेको छ । कृत्रिम बुद्धिमत्ता, हरित ऊर्जा, जैवप्रविधि, डिजिटल सेवा र स्वचालन जस्ता क्षेत्रमा भइरहेका तीव्र विकासले विश्व अर्थतन्त्रको स्वरूप नै परिवर्तन गरिरहेको छ । यस्तो परिवर्ति
कांग्रेसको पुनर्जागरण यात्रा
नेपालको लोकतान्त्रिक इतिहासको मूलधारमा नेपाली कांग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन । यो स्वतन्त्रता, नागरिक अधिकार, बहुदलीय प्रतिस्पर्धा र संवैधानिक शासनका लागि भएका दीर्घकालीन सङ्घर्षको संस्थागत रूप हो ।
बलियो विद्यालय संस्कृति
विद्यालय राष्ट्रको शैक्षिक संरचनाको केन्द्र हो । शिक्षाबिना समाज उज्यालो र परिष्कृत बन्न सक्दैन । कुनै पनि देशलाई कमजोर बनाउने सबैभन्दा सजिलो उपाय त्यहाँको शिक्षा प्रणालीलाई कमजोर पार्नु हो भन्ने प्रचलित भनाइ छ । य
समानताको मार्गचित्र
नेपालको राजनीतिक र सामाजिक इतिहासमा २०८२ चैत १३ को मन्त्रीपरिषद् निर्णयले एउटा नयाँ मानक स्थापित गरेको छ । राज्यको बागडोर समालेको कार्यकारी निकायले पहिलो पटक एउटा ऐतिहासिक सत्यलाई आत्मसात् गर्दै स्वीकार गरेको छ– यो देशको झन्डै १५ प्रतिशत जनसङ्ख्यामाथि शताब्दीऔँदेखि संरचनात्मक र शासकीय अन्याय भएको छ । १०० बुँदे शासकीय सुधारको कार्यसूचीमा ‘औपचारिक माफी’ र ‘१५ दिनभित्र ऐतिहा
एमालेद्वारा सांसदहरुलाई संसदीय अभ्यासबारे प्रशिक्षण
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सङ्घीय सांसदहरुलाई संसदीय अभ्यासबारे प्रशिक्षण दिएको छ। सिंहदरबारस्थित संसद् सचिवालयमा आज प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुलाई प्रशिक्षण दिइएको सांसद ऐन महरले जानकारी दिनुभयो ।
ट्राफिक लाइट उल्लंघन गर्ने सवारीसाधन कारबाहीमा
ट्राफिक प्रहरीले सडकमा ट्राफिक नियम पालना गराउन कडाइ गरेको छ । महानगरीय ट्राफिक प्रहरीले काठमाडौँका विभिन्न स्थानमा ट्राफिक लाइटको पालना नगर्ने सवारी चालकहरूलाई धमाधम नियन्त्रणमा लिई कारबाही सुरु गरेको हो ।
मिक्वाखोलाका कृषि योजनामा साढे एक करोड खर्चिँदै
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले अलैँची, कफी र सुन्तला लगायतका विभिन्न कृषिजन्य योजनामा करोडौँ बजेट कार्यान्वयन गर्ने भएको छ ।
इरान-अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
इरानले शुक्रबार मध्यपूर्वमा दुई अमेरिकी सैनिक विमान नष्ट गरेको छ । यस घटनामा एक चालक उद्धार गरिएको छ भने कम्तीमा अर्को अझै हराइरहेको छ । यो घटना युद्धको क्रममा पहिलो पटक अमेरिकी विमान नष्ट भएको क्षणको रूपमा लिइएको छ ।
पुरस्कारको थुप्रो
उहाँ देशको होनहार र मूर्धन्य साहित्यकार । नेपाली साहित्यका क्षेत्रमा पु¥याएको योगदानस्वरूप वर्षमा चार पाँच वटा पुरस्कार र सम्मान प्राप्त गरिरहनुभएको छ । उहाँको नाम सुन्नासाथ ठुलै राशिको पुरस्कार दिने गरिन्छ । योगदान ठुलो, उमेर पाको । ठुलै मानिस भएपछि पुरस्कारको राशि पनि ठुलो हुनै प¥यो । आफ्नो जिम्मेवार पदमा हुँदा तलब पाएबापतको कर्तव्य निर्वाह गरेकै हो, उहाँले । त्यही योगदानले आज उहाँलाई पुरस्कारको भागीदार
जोग [कथा]
कुमारगढीबाट चेपालगाउँ पुग्दा पौने सात बजिसकेको थियो । टमाटरवाला गोर्खाली हेर्दाहेर्दै कमिला प्वालमा छिरे झैँ छाप्राभित्र छिरिसकेका थिए । केही समयमै गोर्खालीका छाप्राभित्र स्टोभ भुर्र आवाज निकालेर बज्न थाल्यो । नेपाली आफूलाई गोर्खाली भन्थे । भारतीयले नेपालीलाई सम्मानपूर्वक सम्बोधन गर्दा ‘गोर्खा’ भन्थे, होच्याएर गोर्खे । नेपालीले आपसमा बोलाउँदा आफूलाई ‘गोर्खाली’ भन्थे । नेपालीले मुखमा सम्मानस्वरूप भारतीय पुरुषलाई बाबाजी र महिलालाई बेबीजी भन्थे । पिठपछि गद्दे भन्थे । नेपालीले टमाटर खेती गर्ने नाउँ चलेका भारतीय
दानको भग्न तस्बिर !
–दान नै सबैभन्दा ठुलो पुण्य हो । मानव जीवन केही होइन/यो त दुई दिनको क्षणभङ्गुर मात्रै हो/हामीले सम्पत्ति जोडेर केही हुँदैन/मृत्यु हुँदा हामी जाने खाली हात नै हो÷कात्रोमा कसैको पनि खल्ती हुँदैन । हामीले जिउँदो हुँदा गाडी/घो
सुशासनको सामूहिक सङ्कल्प
प्रचण्ड गर्मीले छटपटिएको बेला शीतल वर्षा हुँदा आनन्द लाग्छ । उकुसमुकुस भएका देशवासी र विदेश पलायन भएका युवामा भर्खरै सम्पन्न निर्वाचनले शीतलता प्रदान गरेको छ । यो वेदनाले छटपटिएकी नेपाल आमाको पुकार पनि हो । माओवादी द्वन्द्वको त्रासदीपूर्ण वातावरण र रोजगारीका अवसर केही नहुनाले युवा पलाएन भएका हुन् । रोजगारीका अवसर अझै सिर्जना भई नसकेकाले पलायन हुने क्रम जारी छ । सरकारमा बस्नेह
विश्वशान्तिको सन्देश
शान्तिका दूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी आज केवल धार्मिक आस्थाको केन्द्रमा सीमित नरही विश्व समुदायलाई जोड्ने सांस्कृतिक, आध्यात्मिक र कूटनीतिक थलोका रूपमा विकास हुँदै गएको छ । नेपालसहित थाइल्यान्ड, क्याम्बोडिया, भारत, म्यानमार, श्रीलङ्का, चीन, जापान, दक्षिण कोरिया, फ्रान्स, जर्मनी, रुसलगायतका देशले आफ्ना मौलिक वास्तुकला र बौद्ध परम्परा झल्काउने गरी विहार, गुम्बा र ध्यान केन्द्र निर्माण गरे
गेटा आँखा अस्पताल : उपचार सेवामा अब्बल
सन् १९८१ मा स्थापना भएको हो, गेटा आँखा अस्पताल । ‘तमसोमा ज्योतिर्गमय’ अर्थात् अन्धकारबाट प्रकाशतर्फ भन्ने आदर्श वाक्य रहेको नेपाल नेत्रज्योति सङ्घको छातामा रही सुदूरपश्चिम प्रदेशमा तीन वटा सेकेन्डरी आँखा अस्पताल र २६ वटा आँखा उपचार केन्द्र सञ्चालित छन् । सबै स्थानीय तहमा कम्तीमा एक आँखा उपचार केन्द्र स्थापना गर्ने उद्देश्य अनुरूप हालसम्म अस्पतालले प्रदेशका नौ वटै जिल्लामा आँखा उपचार
चेतनाको ज्योति खोज्दै मुसहर
भौगोलिक विषमता, आर्थिक विपन्नता र अशिक्षाका कारण मानव विकास सूचकाङ्कमा नेपाल निकै पछाडि रहेको छ तर आफ्नो संस्कृति, परम्परा, जाति, भाषाका क्षेत्रमा भने सम्पन्न छ । नेपालमा बस्ने करिब १२५ जातजातिमध्ये अति विपन्न र अशिक्षित जातिको रूपमा मुसहर रहेका छन् । विश्वमा करिब ४० लाख मुसहर रहेको अनुमान छ । यो जाति तराईका जिल्ला अनि भारतको विहार, उत्तर प्रदेश, झारखण्ड, पश्चिम बङ्गाल
एमाले सचिवालय बैठक : नयाँ सरकारलाई बधाई
नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा गरेको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज भएको सातौँ केन्द्रीय सचिवालय बैठकले निर्वाचनको संक्षिप्त समीक्षा गर्दै निर्वाचनमार्फत अभिव्यक्त भएको जनमतलाई सम्मान गर्ने निर्णय गरेको बैठकपछि उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो ।
सरकारी सञ्चार माध्यममा मात्र सूचना प्रकाशन गर्न कर्णाली सरकारको अनुरोध
कर्णाली प्रदेश सरकारले सरकारी सञ्चार माध्ययमा मात्र सूचना प्रकाशन प्रसारण गर्न अनुरोध गरेको छ ।