काठमाडौँ, साउन ३० गते । सभामुख देवराज घिमिरेले सङ्घीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ ।
सभामुख घिमिरेले संसदका प्रमुख दलहरुका प्रमुख सचेतकहरूको सुझाव अनुसार आज सबै दलका संसदीय कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई कार्यान्वयन गर्न प्रतिनिधिसभाका सचिवलाई निर्देशन दिनुभएको हो ।
उक्त पत्र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सङ्घीय संसद सचविालयमा पनि पठाउन सभामुख घिमिरेले निर्देशन दिनुभएको छ ।