बहुगुणी वानस्पातिक उपयोग
नेपाल हिमाली र पहाडी भूबनोटले बनेको मुलुक हो । उचाइ र स्थानको अवस्थिति अनुरूप विविध हावापानी पाइन्छ । यसले जैविक विविधतालाई व्यापक बनाएको छ । जैविक विविधताले भरिपूर्ण नेपालको सबैभन्दा ठुलो सम्पत्ति भनेको नै बहुमूल्य आयुर्वेदिक जडीबुटी हो । अनेक जडीबुटी सुगन्धित छन् र त्यस्ता वनस्पतिको भण्डार पनि हो, नेपाल । नेपालको वनस्पति संसारभर प्रसिद्ध नै छन् ।
नैतिक नेतृत्व र विवेकपूर्ण मतदान
पवित्र देवभूमि नेपाल लामो र जटिल राजनीतिक परिवर्तनको यात्राबाट गुज्रिरहेको छ । राणाकालीन निरङ्कुश शासनको अन्त्यसँगै प्रजातन्त्रको उदयले जनतालाई स्वतन्त्रता, अधिकार र समृद्धिको
सिटिइभिटीको आगामी यात्रा
नेपालमा प्राविधिक शिक्षाको विकासका लागि संस्थागत रूपमा पहल गरिएको तीन दशकभन्दा धेरै भइसकेको छ । २०४५ सालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीको स्थापनासँगै औपचारिक रूपमा प्राविधिक शिक्षाको सूत्रपात भएको हो । योभन्दा अघि पनि प्राविधिक शिक्षाको विकासका लागि केही प्रयास भए तर त्यो सार्थक हुन सकिरहेको थिएन
देश अब एमालेले सम्हाल्छः अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा झापा क्षेत्र नं. ५ का उम्मेदवार केपी शर्मा ओलीले यो देशलाई सम्हाल्न सक्ने शक्ति नेकपा (एमाले) मात्र रहेको बताउनुभएको छ । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा पर्ने दमकमा आज नेशनल युथ भोलेन्टियर्सको कोशी प्रदेश कमिटीको घोषणा सभामा उहाँले आगामी चुनावपछि एमालेलेनै देश सम्हाल्ने बताउनुभयो ।
सल्यानमा मतदान केन्द्र अनुगमन सम्पन्न
यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सल्यानका सबै मतदान केन्द्रको स्थलगत अनुगमन सम्पन्न गरिएको छ। कपुरकोट गाउँपालिकाका १० मतदान केन्द्रको अनुगमनसँगै जिल्लाभरका मतदान केन्द्रको निरीक्षण कार्य टुङ्गिएको हो।
बस दुर्घटनामा सात जना घाइते
दाङमा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । लमहीदेखि घोराहीतर्फ आउँदै गरेको लु. २ ख. ३२७७ नम्बरको बस आज दुर्घटना हुँदा चार पुरुष र तीन महिला घाइते भएका हुन् ।
रास्वपाका सभापति पराजुली कांग्रेसमा प्रवेश
राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति भरत पराजुली उक्त पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।
तनहुँमा निर्वाचन तयारी तीव्र : १३५० मतपेटिका तयारी अवस्थामा
अमरराज नहर्कीतनहुँ, फागुन ११ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा भौतिक र मानवीय व्यवस्थापनका कामहरू अन्तिम चरणमा पुगेका छन् । जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार निर्वाचनलाई स्वच्छ र मर्यादित रूपमा सम्पन्न गर्न जिल्लाभरि एक हजार ३५० वटा मतपेटिका आवश्यक पर्ने र ती सबै व्यवस्थापन भइसकेको छ ।कार्यालयको सूचना अधिकारी दुर्गामाया आलेका अनुसार मतदानका लागि आवश्यक मतपेटिकाहरू जिल्ला आइपुगिसकेको छ । आलेले भन्नुभयो, “धेरैजसो मतपेटिका पुरानै स्टकमा रहेका र केही थप गरी पर्याप्त मात्रामा तयारी अवस्थामा राखिएको छ ।’’ प्रत्येक मतदान केन्द्रमा जाने टोलीहरूले सर्वदलीय बैठकसहित निर्वाचन सफल बनाउन आ–आफ्नो तर्फबाट योगदान दिने तयारी समेत भएको छ।मतपेटिका र अन्य सामग्रीको व्यवस्थापनसँगै निर्वाचनका लागि खटिने मुख्य जनशक्तिको पनि टुङ्गो लागेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचना प्रकाशन गर्दै मतदान अधिकृत र सहायक मतदान अधिकृतको नामावली सार्वजनिक गरेको हो । विवरण अनुसार क्षेत्र नम्बर १ मा १५८ जना मतदान अधिकृत र १३४ जना सहायक मतदान अधिकृत खटिनेछन् भने क्षेत्र नम्बर २ मा १५६ जना मतदान अधिकृत र १५६ जना नै सहायक मतदान अधिकृत छनोट भएका छन् ।छनोट भएका यी कर्मचारीहरूलाई सोमबार बिहान ११ बजे दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा विशेष प्रशिक्षण दिइने कार्यक्रम तय भएको छ । तालिमपश्चात् आवश्यक कर्मचारी र निर्वाचन सामग्रीसहित उनीहरूलाई आ–आफ्नो कार्यक्षेत्र ९मतदान स्थल० मा खटाइने निर्वाचन कार्यालयले जनाएको छ ।जिल्लामा हाल २ लाख ५४ हजार ३९७ मतदाता कायम छन् । मतपत्रहरू यसअघि नै क्षेत्र नं १ को हकमा दमौली र क्षेत्र नं २ को हकमा दुलेगौँडामा सुरक्षित राखिसकिएको छ । निर्वाचनलाई लक्ष्य गरी मतदाता शिक्षाका लागि १० वटै पालिकामा स्वयंसेवक समेत परिचालन गरिसकिएको छ । जसले मतदान प्रक्रिया र बदर मत न्यूनीकरणबारे घरदैलोमै पुगेर जानकारी गराइरहेको कार्यालयले जनाएको छ ।
निर्वाचन सुरक्षाका लागि मतदान स्थलमा सुरक्षा गस्ती
बाजुराका नौ वटै पालिकामा सुरक्षा गस्ती खटाइएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनलाई मध्यनजर गर्दै यहाँका नौ वटै पालिकामा रहेका मतदान स्थलमा सुरक्षा गस्ती खटाइएको हो ।
मुस्ताङमा ६ महिला निर्वाचन अधिकृत
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुस्ताङमा ६ जना महिलालाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ ।
पुराना र नयाँबिच प्रतिस्पर्धा
प्रतिनिधि सभा सदस्य निर्वाचन मिति नजिकिँदै गर्दा कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा पुराना र नयाँ अनुहारबिच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिनिधि सभा सदस्यका लागि यस क्षेत्रबाट १९ उम्मेदवार चुनावी मैदानमा होमिएका छन् ।
राजनीतिको पुनर्ताजगी
प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम तयारी भइरहेको छ । २७५ सदस्यीय प्रतिनिधि सभामा प्रत्यक्षबाट १६५ जना र समानुपातिकबाट ११० जना प्रतिनिधि चुनिने व्यवस्थाका लागि आमनिर्वाचनको तयारी भएको हो । फागुन २१ गते एकै चरणमा निर्वाचन गराउने तयारी स्वरूप सबै पक्ष निर्वाचन क्षेत्रमा व्यस्त छन् । चुनावमा भाग लिएका राजनीतिक दल र स्वतन्त्र उम्मेदवा
विश्वासमा अडिएको एआईको भविष्य
मानव इतिहासको एक निर्णायक पलमा नयाँदिल्लीमा आयोजित ‘एआई इम्प्याक्ट समिट २०२६’ मा विश्व एकत्रित भयो । हाम्रा लागि भारतमा विश्वभरका राष्ट्राध्यक्ष, सरकार प्रमुख, प्रतिनिधि तथा नवप्रवर्तकलाई स्वागत गर्न पाउनु अत्यन्त गर्व र खुसीको क्षण थियो ।
११ पुरुष र छ महिलाको घटनास्थमै मृत्यु, उद्धार सकियो
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा दुई विदेशीसहित १७ जनाको मृत्यु भएको छ ।
आत्मविश्वास पुनर्स्थापित गर्ने अवसर
नेपालको लोकतान्त्रिक यात्रामा हरेक निर्वाचन केवल प्रतिनिधि चयन गर्ने प्रक्रिया मात्र होइन, राष्ट्रको दिशा, प्राथमिकता र भविष्यको मार्गचित्र तय गर्ने ऐतिहासिक क्षण पनि हो । विगतका आमनिर्वाचनमा करिब ६० प्रतिशत हाराहारीमा मतदाताको सहभागिता देखिनु लोकतन्त्रप्रतिको जनआस्था अझै जीवित रहेको सङ्केत हो । समानान्तर रूपमा बढ्दो असन्तोष, वैदेशिक रोजगारीतर्फ युवाको प