• १२ फागुन २०८२, मङ्गलबार

देश अब एमालेले सम्हाल्छः अध्यक्ष ओली

blog

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली कार्यक्रममा ।

गोरखापत्र अनलाइन

दमक, फागुन ११ गते । नेकपा (एमाले) का अध्यक्ष तथा झापा क्षेत्र नं. ५ का उम्मेदवार केपी शर्मा ओलीले यो देशलाई सम्हाल्न सक्ने शक्ति नेकपा (एमाले) मात्र रहेको बताउनुभएको छ । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा पर्ने दमकमा आज नेशनल युथ भोलेन्टियर्सको कोशी प्रदेश कमिटीको घोषणा सभामा उहाँले आगामी चुनावपछि एमालेलेनै देश सम्हाल्ने बताउनुभयो । 

देशमा भएको तोडफोड, आगजनी र विध्वङ्सबाट देश र लोकतन्त्रलाई क्षति भए पनि देश सम्हाल्ने पार्टी एमाले जनताकै विचमा रहेको बताउनुभयो। देशमा अराजकता सिर्जना गरेर, नागरिकलाई भ्रमित पारेर र सामाजिक सहिष्णुता विथोलेर निर्वाचन जित्न नसकिने ओलीले बताउनुभयो । 

उहाँले जनताका विचमा गएर काम गर्ने, देशलाई समृद्धिको युगमा प्रवेश गराउने, शिक्षा–स्वास्थ्य–रोजगारीजस्ता क्षेत्रमा नागरिकको पहुँच अभिवृद्धि गर्ने, पार्टी एमाले भएको बताउनुभयो । पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र ५ टबाट उम्मेद्वार हुनुहुन्छ ।  अध्यक्ष ओलीको गृहनगरबाट युथ भोलेन्टियर्सले प्रदेश कमिटी घोषणा गरेको छ ।