बालबालिकाको नैतिक संस्कार
हरेक व्यक्तिको आ–आफ्नो चालचलन, बानीबेहोरा र व्यवहार हुन्छ। यसलाई हामी चरित्र भन्छौँ। चरित्र असल पनि हुन्छ र खराब पनि हुन्छ। व्यक्तिले जस्तो संस्कार पायो, जस्तो वातावरणमा उसले घुलमिल हुन पायो, उसको चरित्र त्यस्तै हुन्छ र यसमा थप उसको वंशाणुगत गुण पनि मिसिन्छ। वंशाणुगत गुण चरित्र निर्माणमा थोरै अंशको मात्र हुने भएकाले व्यक्तिको असल चरित्र निर्माणमा बालककालदेखि नै उचित व्यवहार हुनुपर्छ। असल चरित्र निर्माणमा बाबुआमाको नै महìवपूर्ण हात हुने भएकाले आजका बालबालिकालाई असल हुनैपर्ने जिम्मेवारी बोध गराउँदै सोहीअनुसारको व्यवहार गर्नु आवश्यक हुन्छ।
कूटनीतिक प्राथमिकताका अन्तर्य
नेपाल पछिल्लो समय दक्षिण एसियाली मुलुकमध्येमा सामरिक रूपमा कूटनीतिक महìव र प्राथमिक दृष्टिमा पर्दै गइरहेको केही विकसित समसामयिक गतिविधिले सङकेत गरिरहेका छन। एकपछि अर्को भारत, चीन र अमेरिकी उच्च निकायका नेतृत्वका भ्रमण, चासो र चिन्ताले नेपालको राजनीतिक परिवर्तन र बदलिँदो कूटनीतिलाई उच्च प्राथमिकतामा राखेको देखिन्छ। नेपालबाट पनि ती मुलुकहरूको निमन्त्रणामा राजनीतिक एवं सैन्य तहका उच्चस्तरीय भ्रमण भएका छन। एकपछि अर्को उच्चस्तरीय भ्रमणले राजनीतिक वृत्तदेखि आममानिससम्म नै चासोपूर्ण प्रश्न उब्जिएका छन। अमेरिकी बाइडेन प्रशासनको सूक्ष्म र सन्निकटको सम्बन्धले कूटनीतिक वृत्तमा यसका अन्तर्यहरूको निकै चासो बढेको छ।
सिर्जनशील कर्मचारी
उत्साह, उमङग र सुन्दर सपनासहित लोकसेवा आयोगको कडा प्रतिस्पर्धात्मक परीक्षा उत्तीर्ण गरी निजामती सेवामा प्रवेश गरेका व्यक्ति २० वर्ष पुग्दा÷नपुग्दै विभिन्न बहानामा सेवा छोडने क्रम बढदै गएको देखिन्छ। विगत पाँच वर्षमा छ हजार १६६ कर्मचारीले राजीनामा दिई सेवानिवृत्त भएको तथ्याङक निजामती किताबखानाले पुष्टि गरेको छ। अनुभवी कर्मचारीमा सेवाप्रति यस्तो निराशा किन आयो ? यहाँ प्रतिभाको कदर हुँदैन वा प्रतिभा देखाउने अवसर तथा वातावरणको अभाव छ भन्ने प्रश्नहरू पनि महìवपूर्ण छन। निजामती सेवामा प्रणालीगत व्यवस्था संस्थागत नहुँदा विभि
चीनको छिमेकी नीति
यतिबेला चीनको विदेश नीति खासगरी छिमेकी देशसँगको सम्बन्ध विकासमा अपूर्व रूपमा सक्रिय हुँदै गएको छ। चीनको अभूतपूर्व रूपमा बढ्दो विकास र नेपाललगायत एसियाली मुलुकमा विश्व महाशक्ति अमेरिकाको बढ्दो गतिविधिले पनि यो सक्रियता बढाएको देखिन्छ। अहिले चिनियाँ जनकङ्ग्रेसका अध्यक्ष तथा चीनकै तेस्रो वरीयताका नेता ली झान्सुको नेपाल भ्रमणलाई पनि निकै चासो र महत्वका साथ हेरिएको छ। स्मरणीय के छ भने आजभन्दा आठ वर्षअघि नेपाल राजनीतिक अन्योल र अस्थिरताका बीच नराम्रोसँग अल्झिरहेका बेला (अहिले पनि अर्को चरणमा त्यसरी नै अल्झिरहेको छ) विश्वको दोस्रो आर्थिक महाशक्ति बनिसकेको चीनले छिमेकी देशसँग कस्तो नीति अवलम्बन गर्ने भन्नेबारेमा बेइजिङमा एउटा निकै महìवपूर्ण कूटनीतिक सम्मेलन आयोजना गरिएको थियो।
निर्वाचनको नालीबेली
निर्वाचन भनेको लोकतान्त्रिक प्रक्रिया हो। यसमा उम्मेदवार अनिवार्य हुन्छन्। लोकतान्त्रिक व्यवस्थामा बिनाउम्मेदवारको निर्वाचन कल्पना गर्न सकिँदैन। उम्मेदवार चाहे दलीय हुन् वा स्वतन्त्र, चुनाव जित्न सबै भरमग्दुर प्रयास गर्छन्। निर्वाचन भनेको एक किसिमको युद्ध हो, सङ्घर्ष हो। जित सुनिश्चित गर्ने कला हो। आमनिर्वाचनमा जनताले प्रतिनिधि चुन्छन्। जनप्रतिनिधिले आफ्ना नेता तथा देशको राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री चुन्छन्। सदन चलाउन सभामुख, उपसभामुख चुन्छन्। चुनावले नयाँ नेतृत्व चयन गर्छ। लोकतान्त्रिक प्रक्रियाअनुसार कामकाज गर्छ। यही नै विधिको शासन हो। जुनसुकै निर्वाचन प्रक्रियामा प्रायः स्वतन्त्र उम्मेदवार हुन्छन्। कहिले स्वतन्त्र उम्मेदवारको क्रेज हुन्छ, कहिले हुँदैन। स्थानीय तह निर्वाचन २०७९ मा राजधानीको महानगरपालिकामा आएको परिणामले सबैलाई सोच्न बाध्य बनाएको छ।
प्रतिभा व्यवस्थापनमा कुशलता
इतिहासविद् एवं चिन्तक युभल नोह हरारीका अनुसार ‘ज्ञान र प्रविधिमा निरन्तर अनुकूलित नभए मानव पुस्ता नै गतावधिक बन्न सक्छ’ । ज्ञान र प्रतिभाको उचित व्यवस्थापनबाट नै व्यक्ति गतावधिक हुनबाट जोगिने हो। परिवर्तन र विकासलाई व्यवस्थापन गर्ने सार्वजनिक निकायका सन्दर्भमा यो भनाइ झनै लागू हुन्छ। जीवन्त सङ्गठनको चरित्र परिवर्तनसंँग गतिशील हुनु, अझ भनौँ परिवर्तनलाई नै गतिशील बनाउनु हो। उदार लोकतन्त्र र नागरिक स्तरमा आएको चेतनाका कारण सर्वसाधारण नयाँ स्वाद र सन्तुष्टिको पारखी बनेका छन्। त्यसैले बहुसीपयुक्त र स्वयं प्रेरित कर्मचारीको माग प्रतिदिन बढिरहेको छ।
बालबालिकालाई सम्झाउने कला
विद्यार्थीका लागि दशैँ तिहार, जाडोजस्ता लामो बिदा हुने समय नजिकै आउन लागेको छ। त्यतिखेर विद्यार्थी प्रायःजसो घरमै हुने भएकोले मोबाइलमा व्यस्त हुनुभन्दा पनि विद्यार्थीले घरबाट सिक्नुपर्ने अनेक सीप छन्। भनिन्छ किशोरावस्थाका केटाकेटीको सुत्ने कोठा सुँगुरको खोर समान हुन्छ। यसो हुनुमा सानैदेखि उनीहरूका सबै काम अभिभावकले नै गरिदिने हुँदा उनीहरूले आफ्नो काम आफैँ गर्नुपर्छ हेक्का नराख्नु हो।
नागरिकता विधेयकमा सहजीकरण
राष्ट्रपतिबाट पुनर्विचारका लागि संसद्मा फिर्ता भएको नागरिकता विधेयक संसद्का दुवै सदनबाट पुनः पारित भएको छ। अब विधेयक प्रमाणीकरणमा अन्य कुनै विकल्प बाँकी छैनन्। यद्यपि सरकार र राष्ट्रपतिबीच दूरी बढेको भनेर निकै ठूलो हौवा पिटाउनेको सङ्ख्या पनि बाक्लो छ। यदाकदा केही विषयमा वास्तविकताभन्दा समाचारमा ठूलाठूला आन्दोलन हुन्छन्, विरोध देखिन्छन्। समाजमा भन्दा सञ्चारमाध्यममा यसको विशाल तर कृत्रिम स्पेश बन्छ । नागरिकता विधेयकमा पनि लगभग समान अवस्था विद्यमान छ। यद्यपि कुनै पनि सार्वजनिक सरोकारको विषयमा मतभेद दे
त्रिविभित्रको किचलो
यतिबेला धेरै चर्चा/परिचर्चा भइरहेको छ त्रिभुवन विश्वविद्यालयमा छात्र राजनीतिको। तालाबन्दीका समाचार छन्। छात्रछात्रासँग विग्रह छ उपकुुलपति र उनका सहकर्मी झुन्डको। वातावरण मिलिसकेको छैन। अध्ययन, अध्यापन, परीक्षाफल आदि समस्या बल्झिँदै छन्। समस्या के हो, के गरियो भने तत्काल समाधान होला, पुनः समस्या दोहोरिन नदिन के गर्ने भन्ने प्रश्न सबैका सामु तेर्सिएका छन्।
बालअधिकारमा पहलकदमी
नेपालका बालबालिकाको सर्वतोमुखी विकास र उन्नयनका लागि लोकतान्त्रिक सरकारले गहन चासो र बालअधिकार संरक्षणमा अझ धेरै काम गर्नुपर्नेछ। बालबालिकाप्रतिको दायित्वबोधलाई आत्मसात् गरेर अघि बढ्ने दिशामा राजनीतिक शक्ति केन्द्र, जनताका सङ्गठन सबैको सहकार्य आवश्यक छ । यसैबीच हाम्रा बालबालिकाले आधारभूत बालअधिकारको संरक्षणमा थालनीको प्रयासबाट निश्चय नै विकास, सहभागिता र संरक्षणका अधिकारको उपयोग र शान्तिको वातावरणमा शिक्षा प्राप्त गर्ने आधारभूत मानव अधिकारको अनुभूतिको महसुस भएको छ । बालअधिकारको संस्थागत विकास र सामान्य मूल्यमान्यताका विश्वव्यापी प्रचलनको कुन हदसम्म हाम्रा बालबालिकाले उपयोग गर्न सके ? राज्य सञ्चालकबाट बालबालिकाको नैसर्गिक अधिकारको संरक्षण र प्रवद्र्धनका दिशामा के कति काम भए ? यी यस्ता विषयले अहम् महत्व राख्दछ नै ।
कृषि कर्मको मर्यादा
एक लाख ४७ हजार १८१ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको सानो राष्ट्र हो नेपाल। मानिसले आफ्नो अस्तित्व रक्षा गर्न सुरुवाती अवस्थादेखि नै विभिन्न सङ्घर्ष गरे। कहिले जङ्गली फलफूल र कन्दमूल मात्र खाए त कहिले वन्यजन्तुको सिकार गरेर काँचोकचिलो मासुले पेट भरे; जुन बेला आगोको आविष्कार भएको थिएन। समाज विस्तारको क्रमसँगै उपयुक्त हावापानी र वातावरणमा खाद्य बाली उत्पादन हुन थाल्यो। मानव सभ्यताको यो प्रक्रियाबारे इतिहास हाम्रासामु प्रस्टै छ।
बलियो बन्दै गठबन्धन
आगामी निर्वाचनमा गठबन्धनको आवश्यकता र औचित्य पुष्टि गर्नुपर्ने अवस्था बाँकी छैन । संसद्मा एकलौटी बहुमत हुँदा प्रधानमन्त्रीका हैसियतमा केपी शर्मा ओलीले देखाएको हैकमवादका विरुद्ध गठबन्धन भएको थियो । अहिले पनि उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीजस्तो पश्चगामी तत्वको सहारामा चुनाव लड्ने प्रयत्नमा हुनुहुन्छ । एमालेको यो रणनीति कम्युनिस्ट नेता मोहनविक्रम सिंहले भन्नुभएको प्रतिगमनको खतरा टरेको छैन भन्ने भनाइलाई पुष्टि गर्न पर्याप्त छ । जुन कारणबाट गठबन्धन प्रारम्भ भएको थियो, त्यसको मूलमा सबै दल फेरि एक पटक आइपुगेका छन् । त्यस कारण प्रदेश सभा र प्रतिनिधि सभामा एमालेलाई उसको हैसियतमा स्थापित गरिदिनु अरू दलको दायित्व भएको छ । गठबन्धनको औचित्यका बारे गठबन्धन दलभित्र कतिपय नेताका असहमति वा आपत्ति छन् भने बुझ्नुपर्छ, त्यो उनीहरूको स्वार्थसँग बाझिएको छ ।
चिनेजानेकाबाटै असुरक्षा
सञ्चारमाध्यममा दिनहुँजसो बलात्कार, जबरजस्ती करणी तथा यौनजन्य गतिविधिका घटनाले स्थान पाइरहेको देखिन्छ। कलाकार, खेलाडी, शिक्षकदेखि लिएर नातातर्फ हेर्दा बा, हजुरबा, दाइ, मामा, काका, छिमेकी पनि पिडकको रूपमा यस्ता घटनामा संलग्न भएका देखिन्छन्। जसले गर्दा नाबालक छोरी, किशोरी, महिला अनि वृद्ध आमाहरू पनि हरेक स्थानमा आफूलाई असुरक्षित भएको महसुस गरिरहेका हुन्छन्।
पूर्वाधार विकासका अल्झन
आधुनिकीकरणसँगै संसारमा विकासका नयाँ मान्यता स्थापित हुँदै गए। पूर्वाधार नै विकासको आधार भयो। तीन दशकअघिको सूचना प्रविधिको तीव्रताले त्यसमा बढोत्तरी ल्याइदियो। औद्योगिक क्रान्तिले अठारौँ र उन्नाइसौँ शताब्दीमा युरोपमा गरेको विकासकै निरन्तरता अहिलेको आर्थिक तथा सामाजिक विकासको सांसारिक मोडल हो। यही पूर्वाधार मोडलसमेत हो। व्यापारबाटै अपार हासिल गर्ने औद्योगिक क्रान्तिको मोडलका निम्ति व्यापक पूर्वाधार आवश्यक प-यो। सडक, यातायात, विद्युत्, विमानस्थल, रेल सेवा, व्यापारिक भवन, सुविधासम्पन्न सहर सबै आधुनिक विकासका निम्ति पूर्वाधार नै हुन्। पूर्वाधार आफैँ विकास होइन, विकासको आधारशीला हो। मानिसलाई प्रगति गर्ने साधन हो। आवश्यकता, लागत लाभको विश्लेषणले विवेकपूर्ण तवरले विस्तार गरिएको पूर्वाधार विकासले आर्थिक तथा सामाजिक विकासको जग बसाउँछ। त्यसका विपरीत नारा, देखावटीपन वा भ्रष्टाचारका निम्ति मात्र पूर्वाधार बनाइयो भने कुनै पनि देश अहिलेको श्रीलङ्का जस्तै हुन्छ। ऋणको पासोमा पर्छ र देश नै असफल हुन्छ।
बाल विकासमा अभिभावक शिक्षा
मानवको गर्भावस्थादेखि आठ वर्षसम्मको समय बालविकास उमेर हो। यो अवस्था मानव विकासको जग निर्माण हुने संवेदनशील र महत्त्वपूर्ण अवस्था हो। मानव जीवनका यी सुरुवाती वर्षमा बालबालिकाको मस्तिष्क निर्माण र बौद्धिक विकास तीव्र हुन्छ भन्ने तथ्य विभिन्न अध्ययन तथा अनुसन्धानले देखाएको छ। यो उमेरमा सिकेका र अनुभव गरेका आधारभूत ज्ञान, सीप, व्यवहार र बानी नै भावी जीवनका आधारशिलाका रूपमा स्थापित हुने गर्दछन्। व्यक्तित्व विकासको समग्र स्वरूप नै यही समयमा निर्धारण हुने भएकाले यस समयमा गरिने लगानी र पु¥याइने हेरविचार मानव जीवनका लागि महत्त्वपूर्ण तथा यसको प्रतिफल उच्च हुने कुरा प्रमाणित भइसकेको छ। त्यसैले यस अवस्थामा उपयुक्त वातावरण दिन सकेमा बालबालिकाको सर्वाङ्गीण विकास समुचित ढङ्गले हुन्छ। अनि मात्र हरेक अभिभावकले आफ्ना सन्ततिका बारेमा देखेको सपना साकार हुन सक्छ।
रेमिट्यान्समा उतारचढाव
आर्थिक वर्ष २०७८/७९ मा रेमिट्यान्स ४.८ प्रतिशतले बढेको छ। यस आर्थिक वर्षमा १० खर्ब ७ अर्बको रेमिट्यान्स नेपालमा आएको छ। २०७८/७९ मा वैदेशिक रोजगारमा जानेको सङ्ख्या बढैसँगै रेमिट्यान्समा सुधार भएको छ। २०७८/७९ मा रेमिट्यान्स आप्रवाह आ.व. २०७७/७८ को तुलनामा ४.८ प्रतिशतले बढेको देखिएको छ। २०७८/७९ मा कुल १० खर्ब ७ अर्ब ३१ करोड रुपियाँको रेमिट्यान्स भित्रिएको देखिन्छ। अमेरिकी डलरमा पनि रेमिट्यान्स आप्रवाह २.२ प्रतिशतले वृद्धि भएको छ। २०७८/७९ मा अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ५४ हजार ६६० रहेको छ । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १९८.५ प्रतिशतले बढेर २ लाख ८२ हजार ४५३ पुगेको छ ।
क्षणिक आवेगमा आत्महत्या
प्रत्येक आत्महत्या एउटा त्रासदी हो जसले परिवार, समुदाय र राष्ट्रलाई नै प्रभावित पार्छ। यसले बाँच्नेहरूलाई चिरस्मरणीय वेदना छाडेर जान्छ। मानवीय जीवनभरि नै यो घट्न सक्छ तर १५–१९ वर्ष उमेर समूहका युवाको मृत्युको चौथो मुख्य कारण आत्महत्या देखिएको छ। प्रत्येक वर्ष सात लाख मानिसले आत्महत्या गर्ने गरेको विश्व स्वास्थ्य सङ्गठनको अध्ययनले उजागर गर्छ। यो कुनै भौगोलिक क्षेत्रमा सीमित वा धनी या गरिबसित सम्बन्धित छैन। ७७ प्रतिशत आत्महत्या निम्न र मध्यम आय भएका मुलुकमा हुने गरेको देखिएको छ।
निर्वाचनको बढ्दो सरगर्मी
लोकतन्त्रको मूल मर्मअनुसार जनतालाई शासनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहभागी बनाउन बालिग मताधिकार, आवधिक निर्वाचन गर्ने उल्लेख भएअनुसार आगामी मङ्सिर ४ गतेका लागि घोषणा गरिएको सङ्घ र प्रदेशको चुनावका कारण देशको माहोल बिस्तारै बढ्दै छ। राजनीतिक दलका नेता कार्यकर्ता चुनावको माहोल बनाउन लागिसकेका छन्। केही दल गठबन्धन गरी चुनावमा जाने बताइरहेका छन् र सोबमोजिम आफ्नो दलको सिट सङ्ख्या कसरी धेरै बनाउने वा सम्मानजनक बाँडफाँट गर्ने भन्ने कसरतमा छन्। दलहरूबीचको गठबन्धनका बारेमा एक खालको बहस पैरवीसमेत सुरु भएको छ। यसको असर र प्रभाव सकारात्मक वा नकारात्मक के हुने त्यो पनि चुनावपछि नै आकलन गर्न सकिएला। चुनावपछि कुनै एक दलको बहुमत नपुगेमा संयुक्त सरकार बन्ने अवस्था पनि आउन सक्छ।
पितृपक्ष र महालय श्राद्ध
यसपालिको पितृपक्ष सोह्रश्राद्ध आजबाट सुरु हुँदैछ। तिथि घटबढका कारण सुरुको दिन नै प्रतिपदा र द्वितीया श्राद्ध एकै दिन परेको छ। छोरा हुनेले यसपालि परेको त्रयोदशी भनौँ असोज ७ गते गरिने श्राद्ध अन्य दिनमा गर्नुपर्ने हुन्छ, छोरा हुनेले मघा नक्षत्रमा श्राद्ध गर्नु हुन्न। ८ गते शनिबार चतुर्दशी श्राद्ध पनि शस्त्रहरूबाट दिवङ्गत हुनेहरूका लागि मात्र हो, अरूको सो दिन श्राद्ध गरिँदैन । दिवङ्गत सबै पितृको उद्देश्य राखेर पिण्डदान गर्ने पर्व नै सोह्र श्राद्ध हो। सूर्य कन्याराशिमा प्रवेश गर्दा यो पर्व हुन्छ भने कन्या राशिमा सूर्य सरेको बखत दिवङ्गत पितृहरूलाई पिण्डदान नगर्ने पुत्र पापी हुन्, कृतध्न हुन् भनेर शास्त्रले बताएको छ।
बीपीलाई धोका दिनेहरू
लामो राजनीतिक जीवनमा जननायक बीपी कोइरालाले धेरै आरोहअवरोह बेहोर्नुप-यो। नेपाली कांग्रेस स्थापना गरी राणा शासन अन्त्य गर्ने अगुवाइपूर्ण भूमिका बीपीले निर्वाह गर्नुभयो। नेपालको पहिलो जननिर्वाचित सरकारको नेतृत्व गरेको गौरवपूर्ण इतिहास पनि बीपीले नै कायम गर्नुभएको छ। त्यति मात्र होइन सम्झौताहीन राजनीतिका पक्षपाती बीपी प्रधानमन्त्रीको कुर्सीबाट सिधै बन्दीगृहमा समेत पुग्नुभयो। बीपीबाट प्रतिपादित विचारका लाखौँ अनुयायी निस्किए। बीपीले राजनीतिक सहयात्राका क्रममा पत्याउनुभएका नजिकका सहयात्रीले भने उहाँलाई नराम्ररी धोका थिए। बीपीको राजनीतिक इतिहास केलाउँदा डा. तुलसी गिरी, विश्वबन्धु थापा, श्रीभद्र शर्मा र परशुनारायण चौधरीलगायतको एउटा प्रभावशाली समूह नै यसमा रहेको देखिन्छ।
पत्रकारको अभिलेखन
कसलाई भन्ने पत्रकार ? सर्वप्रथम पत्रकारको परिभाषा खोजौँ। सैद्धान्तिक परिभाषाअनुसार समाचार सङ्कलन, लेखन, सम्पादन र सम्प्रेषण कार्यमा प्रत्यक्ष सहभागी वा सक्रिय हुने व्यक्तिलाई पत्रकार भनिन्छ। अर्थात् समाचार माध्यमबाट समाचार एवं समाचार सामग्री सम्प्रेषण गर्ने व्यक्ति नै पत्रकार हो। अक्सफोर्ड एड्भान्स लर्नर डिक्सनरीका अनुसार पत्रपत्रिका र म्यागेजिन, टीभी र रेडियोका लागि सामग्री सङ्कलन, लेखन, सम्पादन र प्रकाशन गर्ने कार्यलाई पत्रकारिता भनिन्छ। उक्त डिक्सनरीले पनि समाचार सङ्कलन, लेखन, सम्पादन र सम्प्रेषण (वितरण र प्रसारण वा प्रकाशन) कार्यमा सक्रिय व्यक्तिलाई पत्रकार भने पनि अनलाइन समाचार माध्यमसम्ममा समाचार सङ्कलन, लेखन, सम्पादन, सम्प्रेषण गर्ने व्यक्तिलाई पत्रकार भन्न सकेको छैन।
तजबिजमा सेवासुविधा
उद्यमशीलता र रोजगारी मानिसका जिउने आधार हुन्। उद्यमशीलताले अरूलाई रोजगारीको अवसर दिन सक्छ भने रोजगारी गर्नेले आफ्नो सीप र क्षमता श्रम बजारमा उपयोग गर्दछ। रोजगारदाताको सर्त र श्रमिकको सहमतिमा श्रमको उपयोग गरिएको हुन्छ। सिद्धान्ततः माग र आपूर्तिका आधारमा श्रमको मूल्य निर्धारण भएको पाइन्छ। मागभन्दा श्रमिक आपूर्ति बढी भएमा श्रमिकको ज्याला वा तलब कम हुन्छ भने श्रमिकको आपूर्ति कम भएमा ज्याला वा तलब बढी हुन्छ। श्रमिकलाई दक्ष, अर्धदक्ष र अदक्ष सीप र क्षमताका आधारमा छुट्ट्याइएको छ। दक्ष श्रमको माग धेरै हुन्छ र ज्याला वा तलबको मोलतोल बढी हुन्छ भने अदक्षको न्यून हुन्छ। राज्यले श्रमिकको सीप र क्षमता अनुसारको न्यूनतम ज्याला वा तलब निर्धारण गर्ने गरेको छ।
अधिकारको बहसमा भाषा
नेपालको अस्तित्व जुन बेला जस्तो अवस्थामा रहे पनि बहुभाषिक रहँदै आएको छ। नेपाल शब्दको उद्गम नेपाल उपत्यका नै हो; जहाँ भाषिक–जातीय हिसाबले मुख्यतः हिन्द–आर्य र भोट–बर्मेली शासकका बीचमा राजनीतिक सत्ताको ओहोरदोहोर हुने गरेको इतिहास छ। जनस्तरमा यहाँ आग्नेय–एसियाली, द्रविड परिवारका भाषाभाषी पनि बस्दै आएका छन्। यसका अतिरिक्त नेपालमा अहिलेसम्म परिवार नखुलेको कुसुण्डा भाषा पनि अस्तित्वमा छ। मल्लकालसम्म त शासकहरू पनि बहुभाषी नै थिए। शाहवंशको उदय भएपछि यो स्थितिलाई शासकहरूले अन्य परिवारका भाषाको प्रयोगलाई त साँघुु¥याउँदै नै लगे, आफ्नै भाषा परिवारभित्र पनि नितान्त आफ्नै पुख्र्याैली भाषाको एकक्षत्र एकभाषी राज्य खडा गर्ने अभियानलाई अगाडि बढाउँदै लगे।
बीपीको अमूल्य आर्जन
बीपी कोइराला, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालामाथि राज्य विप्लवसम्बन्धी सातवटा मुद्दा थिए। ती प्रत्येक मुद्दामा उहाँहरूलाई मृत्युदण्डको सजाय हुन सक्थ्यो। देश हरेक दिन सङ्कटतिर धकेलिँदै थियो। यसको निवारणको निमित्त मृत्युदण्डको सजायलाई पनि बेहोर्न तत्पर भएर बीपीले राष्ट्रिय एकता र मेलमिलापको नीति अवलम्बन गर्नुभयो। बीपी, गणेशमान र नेपाली कांग्रेसका अरू धेरै नेता स्वदेश फर्कनुभयो। स्वदेश फर्कने सबैलाई सरकारले कडा दमन ग-यो। राष्ट्रिय एकता र मेलमिलाप नीतिका पक्षमा नेपाली जनता उभिए। देशमा नयाँ परिवर्तनको सङ्केत देखापर्न थाले।