थरीथरीका चौँरी हेर्दै रमाए पर्यटक
नयाँ वर्षको अवसरमा चौँरी महोत्सव । समुद्र सहतबाट तीन हजार ४५० मिटर उचाइमा रहेको फालेलुङ गाउँपालिका–४ चाररातेको चरनभरि चरिरहेका थरिथरीका चौँरी । यहाँका दर्जनौँ गोठबाट ल्याइएका थिए यी सयौँ चौँरीहरू । माहोल हेर्न लायक थियो ।
जापानद्वारा अश्लील एआई तस्बिरहरूका लागि चारजना पक्राउ
जापान प्रहरीले आफ्नो प्रकारको पहिलो कारबाहीमा जेनेरेटिभ एआई प्रयोग गरेर सिर्जना गरिएका अश्लील तस्बिरहरू बेच्ने आरोपमा चार जनालाई पक्राउ गरेको प्रहरी प्रवक्ता र स्थानीय मिडिया रिपोर्टहरूले मङ्गलबार बताएका छन् ।
काठमाडौँमा सुरु भयो पहिलो ‘ललितकला मेला–२०८२’
नेपाली ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा नववर्ष २०८२ र प्रतिष्ठानको १६औँ स्थापना दिवसको सन्दर्भ पारेर आजदेखि ‘ललितकला मेला–२०८२’ सुरु भएको छ ।
पेट्रोलियम पदार्थको मूल्य घट्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपियाँ घटाएको हो ।
ताला तोडेर परीक्षा सञ्चालन
कालीकोटको रास्कोट नगरपालिका शिक्षा शाखाले विद्यालयको ताला फोडेर परीक्षा सञ्चालन गरेको छ । शिक्षकहरु आन्दोलनमा रहेको र सरकारकाले माग पूरा गर्ने कुनै मनसाय नदेखाएकाले कक्षा ८ को ग्रेटबृद्धिको परीक्षा लिन नसक्ने शिक्षकको अडानपछि नगरपालिकाको शिक्षा शाखा प्रमुख खेमराज शाहीले कक्षा कोठाको ताला फोडेर परीक्षा सञ्चालन गर्नुभएको हो ।
सुतिरहेको मजदुर मृत फेला
गुल्मीमा सुतिरहेको अवस्थामा एक मजदुर मृत फेला परेका छन्। जिल्लाको मदाने गाउँपालिका –६, दुल्लीघाटमा ५२ वर्षीय शिवराम खड्का मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगाबहादुर सारुले जानकारी दिनुभयो।
‘ओलाङ्चुङगोला’ गीतको भिडियो सार्वजनिक
गीतकार टङ्क भट्टराईको ‘ओलाङ्चुङगोला‘ गीतको भिडियो सार्वजनिक भएको छ। ताप्लेजुङको एक पर्यटकीय गन्तव्य ओलाङ्चुङगोला क्षेत्रको परिवेश र चिनारीलाई समेटेर तयार पारिएको गीतको भिडियो (श्रव्यदृश्य) सार्वजनिक भएको हो।
दुरा भाषाको संरक्षणमा सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ
नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अल्पसंख्यक दुरा जातिको भाषा संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।
विद्यालयबाहिर रहेका बालबालिकालाई अनिवार्य भर्ना गरौं : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा शैक्षिक सत्र २०८२ का लागि विद्यालय भर्ना अभियान जारी छ। ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने नारासहित भर्ना अभियान जारी रहेको हो।
गोर्खालीलाई रग्बी उपाधि
गोर्खाली रग्बी क्लबले लगातार दोस्रो पटक राष्ट्रिय फिफ्टिन्स रग्बी च्याम्पियनसिपको उपाधि जितेको छ ।
फर्कि आउन साथीसङ्गी सार्वजनिक
पछिल्लो समय गीत सङ्गीतको क्षेत्रमा एक उदयमान ताराको रूपमा उदाई रहेका गायक अशोक विष्टको फर्कि आउन साथीसङ्गी हाम्रो माटो रोइसक्यो भन्ने राष्ट्रिय भावनाले वोतप्रोत भएको गीत आज सार्वजनिक भएको छ ।
उद्घाटन खेलमा छिन्नमस्ता विजयी
मधेश प्रिमियर लिग तेस्रो संस्करणको उद्घाटन खेलमा छिन्नमस्ताले कोशी दुहबीलाई ५६ रनले पराजित गर्दै विजयी भएको छ ।
सुत्केरीलाई पोषण सामग्री वितरण
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा सुत्केरीलाई पोषण सामग्री वितरण गरिएको छ। गाउँपालिकाले कार्यान्वयनमा ल्याएको ‘सुत्केरीसँग उपाध्यक्ष’ कार्यक्रममार्फत सुत्केरीलाई पोषण सामग्री वितरण गरिएको हो।
आरसिटीमाथि प्लानिङ ब्वाइजको कठिन जित
शीर्ष टोली प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा अन्नपूर्ण क्लब (आरसिटी) माथि कठिन जित निकालेको छ।
सेनाको गोरखा–जितगढी पदयात्रा टोली पाल्पामा
नेपाली सेनाले गत चैत्र २८ गते देखि सुरु गरेको तेस्रो ऐतिहासिक गोरखा-जितगढी पदयात्रा पाल्पा आइपुगेको छ। ऐतिहासिक गढी, किल्ला, दरबारको संरक्षण तथा प्रवर्द्धन एवं इतिहास बारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले सुरु भएको पदयात्रामा सहभागी टोली मंगलबार बिहान रामपुर आइपुगेको हो ।
राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिपको तयारी
नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ एसोसिएसन (एनएसएसए) को आयोजनामा आठौँ राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप यही वैशाख ५ र ६ गते हुने भएको छ ।
चैत महिनामा १२ सङ्घीय अस्पतालमा थप सेवा विस्तार
देशका १२ सङ्घीय अस्पतालले चैत महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सेवा थप तथा विस्तारका लागि भनेअनुसार मन्त्रालयले गत चैत पहिलो साता सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार गर्ने तालिका सार्वजनिक गर्नुभएको थियो ।
मनाइयो प्रकृति संरक्षणको सन्देश दिने पर्व जुडशीतल
प्रकृतिको संरक्षण गर्नुपर्ने आत्मचेतना तथा आरोग्यको सन्देश दिँदै आएका जुडशीतल पर्व मङ्गलबार मिथिला क्षेत्रमा मनाइएको छ।
अन्तर्राष्ट्रिय जुडो बिहीबारदेखि
नेपाल खेलकुद महासङ्घ (नेकोस) तथा राष्ट्रिय जुडो सङ्घ नेपालको संयुक्त आयोजनामा सातौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।
सहकारी समस्याबारे राष्ट्रपतिको चासो
राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी क्षेत्रमा देखिएको समस्याका बारेमा चासो व्यक्त गर्नुभएको छ । मङ्गलबार राष्ट्रपति भवन शीतल निवासमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र सचिव अर्जुनप्रसाद पोखरेलसँगको भेटमा सहकारी समस्या बारेमा चासो व्यक्त गर्नुभएको हो ।
संरक्षण क्षेत्रमा पर्यापर्यटन प्रवर्धन आवश्यक छः वनमन्त्री शाही
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मुलुकभरका संरक्षण क्षेत्रमा पर्यापर्यटन प्रवर्धन गरी जनताको जीविकोपार्जनसँग जोड्नुपर्ने बताउनुभएको छ ।
दाजुबाटै ११ वर्षीया बहिनीको हत्या
ललितपुरमा ११ वर्षीया बहिनीको हत्या आरोपमा प्रहरीले १५ वर्षीय दाजुलाई पक्राउ गरेको छ । गत शुक्रबार ललितपुरको खपिन्छेँ टोलस्थित बाबुराजा अवालेको पुरानो घरको भुई तलामा रहेको पानी ट्याङ्कीमा सडेगलेको अवस्थामा ११ वर्षीया दुर्गा बोहराको शव फेला परेको थियो ।
तुला पर्वतको ‘जुन झारी दिउँला’ सार्वजनिक
गायक तथा सङ्गीतकार तुला पर्वत र गायिका श्रीषा कुँवरको स्वर रहेको ‘जुन झारी दिउँला’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
मेलाको खर्च सार्वजनिक
चैते दशैँका अवसरमा बागलुङमा आयोजना गरिएको धार्मिक सम्मेलन तथा चैत्राष्टमी मेला –२०८१ मा ४८ लाख रुपियाँ बढी खर्च भएको छ । आयोजक बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले सोमबार पत्रकार सम्मेलन गरी मेलाको आयव्यय सार्वजनिक गरेको हो ।