• ३ वैशाख २०८२, बुधबार

तुला पर्वतको ‘जुन झारी दिउँला’ सार्वजनिक

blog

काठमाडौँ, वैशाख २ गते । गायक तथा  सङ्गीतकार तुला पर्वत र गायिका श्रीषा कुँवरको स्वर रहेको ‘जुन झारी दिउँला’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गायक तुलाकै सङ्गीत सिर्जना रहेको  सार्वजनिक गीतको एरेन्ज किरण कँडेलले गर्नुभएको हो। भिडियो मकाउका विभिन्न रमणीय स्थानमा छायाङ्कन गरिएको छ । 

रोमान्टिक प्रेम कहानी समेटिएको भिडियोमा मोडलद्वय मोहनकुमार र सम्झना तमाखुको अभिनय देख्न सकिन्छ । 

निर्देशक तुलाले परदेशी भूमिमा कम स्रोत र साधनको प्रयोग गर्दै भिडियोमा मिहिनेत गर्नुभएको देखिन्छ।  भिडियोमा निर्देशकको छायाङ्कन र सम्पादन तुला स्वयम्ले गर्नुभएको छ । 

तुलाका यसअघि हाम्रो  चितवन, आउँदैछु त्यो प्यारो गाउँमा, पिउँदा पिउँदै, फर्की आउन पाउँ लगायत भिडियो सार्वजनिक भइसकेका छन्।