• १९ असार २०८२, बिहिबार

‘चित्रा’ अमेजन प्राइममा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार १९ गते । घनश्याम लामिछानेको निर्देशित चलचित्र ‘चित्रा’ अब विश्वभरका दर्शकले प्राइम भिडियो (अमेजन प्राइम भिडियो) मार्फत हेर्न सक्ने भएका छन् । विसं २०८० पुस २७ गते नेपालमा सार्वजनिक प्रदर्शनमा आएको चलचित्र हाल प्राइम भिडियोमा स्ट्रिमिङमा उपलब्ध छ ।

अमेजन प्राइम सदस्यता भएका दर्शकले जुनसुकै देशबाट पनि यो चलचित्र हेर्न सक्ने छन् । जस अन्तर्गत दुई सयभन्दा बढी देशका दर्शकले यो चलचित्र हेर्न पाउने भएका छन् । चलचित्रको हिन्दी डब संस्करणलाई ‘रिलिज वर्ड’ ले अन्तर्राष्ट्रिय डिजिटल वितरण गरेको हो । चलचित्र ४३ भाषामा सबटाइटलसहित प्रदर्शन गरिएको छ । 

निर्देशक लामिछानेले विश्व बजारमा नेपाली कथालाई पुर्‍याउन चलचित्रले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।