• २० असार २०८२, शुक्रबार

‘कुन्नि कति खेर’ सार्वजनिक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २० गते । नेपाली गायिका शिवानी भगत र भारतीय गायक देव अहिर रावको स्वरमा सजिएको नयाँ गीत ‘कुन्नि कति खेर’ सार्वजनिक भएको छ । 

आर्यतारा म्युजिकको प्रस्तुति रहेको गीतमा शब्द र सङ्गीत डा. सुरेश थपालियाको छ । मुम्बईको एट्मोस्फेयर स्टुडियोमा रेकर्ड गरिएको गीतमा सङ्गीत संयोजन देव अहिर रावले गर्नुभएको छ भने मिक्सिङ/मास्टरिङ अरविन्द सोनुको रहेको छ । प्रकाश धितालले निर्देशन गर्नुभएको म्युजिक भिडियोमा सागर खनाल र बिना राउतको अभिनय रहेको छ । भिडियोमा सुबिन गोदारको छायाङ्कन, टेकेन्द्र शाहको सम्पादन तथा रङ संयोजन रहेको छ ।