• २१ असार २०८२, शनिबार

व्यक्तित्व विकासमा साइनिङ स्टार

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २१ गते । ‘दी लिटिल साइनिङ स्टार – सिजन १’ को उपाधि किड्सतर्फ अभिक भट्ट र सौनन्ध्या बरालले हात पार्नुभएको छ । क्लासिक इन्टरनेसनल इभेन्ट म्यानेजमेन्ट प्रालिद्वारा आयोजित प्रतियोगितामा जुनियरतर्पm अल्फान भट्टराई र सान्भी महर्जनले उपाधि जित्दा सिनियरतर्फ निमोन श्रेष्ठ र पल्लवी बस्नेत विजेता घोषित हुनुभयो । 

 प्रतियोगितामा सहभागी सबै बालप्रतिभालाई विभिन्न अवार्ड पनि प्रदान गरियो । सौनन्ध्या बरालले ‘बेस्ट स्माइल’, अभिक भट्टले ‘मोस्ट इन्टेलेक्चुअल’, शरन्या प्याकुरेलले ‘बेस्ट पर्सनालिटी’, अल्फान भट्टराईले ‘मोस्ट एक्टिभ’ उपाधि आफ्नो नाममा पार्नुभयो । यस्तै डिचेन शेर्पाले ‘मोस्ट कन्फिडेन्ट’, शास्वत पाण्डेले ‘मोस्ट एक्सप्रेसिभ’, कुङ्गा पाल्मु शेर्पाले ‘मोस्ट ट्यालेन्टेड’, यश्विन पाण्डेले ‘मोस्ट कन्फिडेन्ट’ को उपाधि हात पार्नुभयो । बालबालिकाको कला, आत्मविश्वास र व्यक्तित्व विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।