• २१ असार २०८२, शनिबार

ट्रम्पद्वारा वान बिग ब्युटिफुल बिलमा हस्ताक्षर

blog

अमेरिका, असार २१ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आफ्नो ऐतिहासिक नीति विधेयक, वान बिग ब्युटिफुल बिलमा हस्ताक्षर गर्नुभएको छ । ह्वाइट हाउसमा हस्ताक्षर समारोह प्रतिनिधि सभाले झिनो मतले विधेयक पारित गरेको एक दिनपछि भएको थियो ।

ट्रम्पले हस्ताक्षर कार्यक्रमलाई स्वतन्त्रता दिवस समारोहको हिस्सा बनाउन जुलाई ४ अघि विधेयक पारित गर्ने समय सीमा तोक्नुभएको थियो । कानुनले सैन्य खर्च र सीमा सुरक्षाका लागि कर कटौती र कोष वृद्धिसहित ट्रम्पको एजेन्डा नीतिहरूलाई प्रतिनिधित्व गर्दछ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल