तीनकुने आन्दोलनमा एक जनाको मृत्यु
शुक्रबार दिउँसोको आन्दोलन हिंसात्मक बनेपछि प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ।
प्रदर्शनबाट भएको क्षतिको पूर्ण जिम्मेवारी दुर्गा प्रसाईंले लिनुपर्छः गृह मन्त्रालय
गृह मन्त्रालयले राजावादी आन्दोलन विशुद्ध हिंसा, अमानवीय र लुटपाटको लागि गरिएको आरोप लगाएको छ।
गृह मन्त्रालयद्वारा तीनकुने क्षेत्रमा भएको हिंसात्मक गतिविधिको भर्त्सना
गृह मन्त्रालयले पूर्व राजाका समर्थकद्वारा आयोजित प्रदर्शनको क्रममा भएको हिंसात्मक प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ।
किसानलाई गोलासहितको माहुरी घार वितरण
गुल्मीको धुर्कोट गाउँपालिकाका सातवटै वडाका किसानलाई गोलासहितको माहुरी घार बितरण गरिएको छ । धुर्कोट कृषि तथा पशु उद्यमशीलता बिकास परियोजनाले ५० थान गोलासहितको माहुरी घार वितरण गरेको हो ।
निषेधाज्ञामा हवाई यात्रुलाई टिकटका आधारमा सहजीकरण गरिने
काठमाडौँ बानेश्वर–तीनकुने क्षेत्रमा कर्फ्यू आदेश जारी भएपछि जिल्ला प्रशासन कार्यालयले हवाई यात्रुलाई सहजीकरण गर्ने भएको छ। टिकट र परिचय पत्रका आधारमा यात्रुलाई सहजिकरण गर्न प्रशासनले सुरक्षाकर्मीलाई आदेश दिएको हो।
सुरक्षा चुस्त बनाउन सेना सडकमा
काठमाडौँको तीनकुने क्षेत्रमा तनाव भएपछि सुरक्षाका लागि नेपाली सेना खटाइएको छ । सैनिक प्रवक्ता सहायकरथी गौरवकुमार केसीका अनुसार सुरक्षा व्यवस्थालाई चुस्त बनाउन सेना सडकमा खटाइएको हो । उहाँले सेना परिचालन नभएर सुरक्षार्थ खटाइएको प्रष्ट पार्नुभयो।
वर्ष पुरुष खेलाडीको मनोनयन सार्वजनिक
चैत १९ मा कैलालीको धनगढीमा हुने ‘छैठौं एसपीए सुदूरपश्चिम स्पोट्र्स अवार्ड २०८१’ को थप एक विधाको मनोनयन सार्वजनिक गरिएको छ ।
प्रदर्शनकारीद्वारा जडीबुटी कारखानामा आगजनी
तीनकुने क्षेत्रमा शुक्रबार विरोधमा उत्रिएका प्रदर्शनकारीले कोटेश्वरस्थित जडिबुटी कारखानामा आगो लगाएका छन् ।
संस्कृति संरक्षण गर्न दार्चुला महोत्सव
जिल्लामा उत्पादित कृषिजन्य वस्तुको प्रवर्धन, स्थानीय कला र संस्कृतिको संरक्षण गर्न सुदूरपश्चिम पर्यटन व्यापार मेला तथा दार्चुला महोत्सव –२०८१ को आयोजना गरिएको दार्चुला उद्योग वाणिज्य संघले जनाएको छ ।
कान्तिपुर र अन्नपूर्ण मिडियामा तोडफोड र आगजनी
तीनकुनेमा प्रदर्शनका लागि पुगेका केही अराजक समूहले कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोस्ट्को कार्यालयमा तोडफोड र आगजनीको प्रयास गरेका छन्।
नेकपा एसको कार्यालयमा आगजनी
काठमाडौँको आलोकनगरस्थित एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेको छ ।
पशुपालन व्यवसाय प्रवर्धनका लागि उपकरण वितरण
पशुपालका लागि अनुकुल रहेको सल्यानमा पछिल्लो समय स्थानीय तहहरुले यस क्षेत्रमा लगानी बढाउँदै आएका छन् ।
विकास सुरु गर्नुअघि अनुसन्धान हुन आवश्यक : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विकासका कार्य प्रभावकारी र सफल बनाउन अनुसन्धानको पाटोलाई सँगै लैजानुपर्ने बताउनुभएको छ ।
भूकम्पबाट बैंककमा कम्तीमा दुई जनाको मृत्यु
थाई आपत्कालीन प्रतिक्रियाकर्ताहरूले राजधानी बैंककमा शक्तिशाली भूकम्प आएपछि खसेको भवनको भग्नावशेषमुनि दुई जनाको मृत्यु भएको र अज्ञात सङ्ख्यामा अन्य अझै रहेको बताएका छन् ।
अस्ट्रेलियामा मे ३ मा सङ्घीय निर्वाचन हुने
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले आगामी मे ३ मा सङ्घीय निर्वाचन गर्ने घोषणा गर्दै लेबर पार्टीलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।
प्रदर्शनकारीको उदण्डता : कोटेश्वर भाटभटेनीमा लुटपाट
तीनकुने क्षेत्रमा विरोध प्रदर्शनमा उत्रिएका केही समूहले प्रहरीमाथि ढुङ्गामुढा गर्नुका साथै तीनकुने र कोटेश्वर क्षेत्रमा लुटपाट मच्चाएका छन्। कोटेश्वरमा आगजानी भएपछि तितरवितर भएका प्रदर्शनकारी लुटपाटमा संलग्न भएका हुन्।
बजेटमा विपत्लाई प्राथमिकता दिन्छौं : मन्त्री सार्की
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्कीले आगामी बजेटमा प्रदेश सरकारले विपत्लाई प्राथमिकता दिने बताउनुभएको छ।
तीनकुने क्षेत्रमा कर्फ्यू जारी
काठमाडौंको तीनकुने क्षेत्रमा निषेधाज्ञा (कर्फ्यू) जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रवक्ता अशोककुमार भण्डारीले शुक्रबार दिउँसो ४ बजेबाट राति १० बजेसम्मका लागि सो क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको जानकारी दिनुभयो ।
तीनकुनेमा प्रतिगामी र निरङ्कुशतावादीको अराजकता देखियो : प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादी समूहले तीनकुनेमा गरेको सभालाई अराजकताको संज्ञा दिनुभएको छ।
पूर्व राष्ट्रपति भण्डारीद्वारा लुम्बिनीमा गुम्बाको शिलान्यास
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी पुगेर गुम्बाको शिलान्यास गर्नुभएको छ ।
प्रधानमन्त्रीले सोमबार संसद् बैठकमा जवाफ दिनुहुने
संसद् अवरोध खुलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले १८ गतेको बैठकमा सम्बोधन गर्नुहुने भएको छ शुक्रबार सभमुख देवराज घिमिरेसहित बसेको प्रमुख प्रतिपक्ष, प्रष्पिक्ष दल र सत्तापक्षीय दलका प्रमुख सचेतकहरु बिचको छलफलबाट यो सहमति जुटेको हो ।
कुलमान घिसिङको रिटमा कारण देखाउ आदेश
नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिरिङको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले रिटउपर सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो ।
पाँच महिनामै बन्यो भमके खोलामा पुल
तुलसीपुर, शान्तिनगर हुँदै बबई गाउँपालिकाको भट्टे जोड्ने माथिल्लो सडकखण्डको भमके खोलामा पुल निर्माण सुरु भएको पाँच महिनाको अवधिमा सम्पन्न भएको छ ।
भूकम्पपछि बैंककको ३० तले भवन ढल्दा ४३ जना फसे
म्यानमारमा केन्द्रविन्दु बनाएर शुक्रबार गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट बैंककमा एक सरकारी कार्यालयका लागि निर्माणाधीन ३० तले भवन ढल्दा ४३ श्रमिक फसेको प्रहरी र चिकित्सकहरूले जानकारी दिएका छन् ।