• १८ चैत २०८१, सोमबार

कान्तिपुर र अन्नपूर्ण मिडियामा तोडफोड र आगजनी

blog

अन्नपूर्ण पोस्ट्को कार्यालयमा भएको आगजनी र कान्तिपुरको कार्यालयमा भएको तोडफोड ।

काठमाडौँ, चैत १५ गते। तीनकुनेमा प्रदर्शनका लागि पुगेका केही अराजक समूहले कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोस्ट्को कार्यालयमा तोडफोड र आगजनीको प्रयास गरेका छन्। 

तीनकुनेस्थित कर्पोरेट टावरमा रहेको अन्नपूर्ण पोस्टकाे कार्यालयमा पूर्वराजा समर्थित प्रदर्शनकारीले आगजनी प्रयास गरेका हुन्। प्रदर्शनकारीको ढुङ्गामुढाबाट अन्नपूर्ण कार्यालयमा क्षतिसमेत पुगेको छ।  

यता कान्तिपुर टेलिभिजनमा ढुङ्गा मुढा भएको छ। आक्रमणबाट कान्तिपुर कार्यालय साथै चौथो तल्लाको समाचार कक्षमा क्षति पुगेको छ।

यस्तै अराजक समूहले कोटेश्वरको भाटभटेनीमा पनि तोडफोड गर्दै लुटपाटसमेत गरेका छन्। यही समूहले आलोकनगरको एकीकृत समाजवादीको कार्यालयमा समेत आगजनी गरेको छ।