• ९ पुस २०८२, बुधबार

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

blog

काठमाडौँ, पुस ९ गते । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ १५ पैसा र बिक्रीदर १४३ रुपियाँ ७५ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपियाँ ९० पैसा र बिक्रीदर १६९ रुपियाँ ६१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपियाँ ३७ पैसा र बिक्रीदर १९४ रुपियाँ १८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपियाँ ७९ पैसा र बिक्रीदर १८२ रुपियाँ ५५ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९५ रुपियाँ ८४ पैसा र बिक्रीदर ९६ रुपियाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपियाँ ४५ पैसा र बिक्रीदर १०४ रुपियाँ ८९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपियाँ ४० पैसा र बिक्रीदर १११ रुपियाँ ८७ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ १८ पैसा र बिक्रीदर नौ रुपियाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ३७ पैसा र बिक्रीदर २० रुपियाँ ४५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ १७ पैसा र बिक्रीदर ३८ रुपियाँ ३३ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ २७ पैसा र बिक्रीदर ३९ रुपियाँ ४४ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६० पैसा र बिक्रीदर चार रुपियाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ९८ पैसा र बिक्रीदर ३९ रुपियाँ १४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपियाँ २२ पैसा र बिक्रीदर ३५ रुपियाँ ३७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ६७ पैसा र बिक्रीदर नौ रुपियाँ ७१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ६० पैसा र बिक्रीदर १५ रुपियाँ ६७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ६१ पैसा र बिक्रीदर २२ रुपियाँ ७१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ४१ पैसा र बिक्रीदर १८ रुपियाँ ४८ पैसा, कुवेती दिनार एकको खरिददर ४६६ रुपियाँ २६ पैसा र बिक्रीदर ४६८ रुपियाँ २१ पैसा, बहराइन दिनार एकको खरिददर ३७९ रुपियाँ ६५ पैसा र बिक्रीदर ३८१ रुपियाँ २४  पैसा, ओमनी रियाल एकको खरिददर ३७१ रुपियाँ ८१ पैसा र बिक्रीदर ३७३ रुपियाँ ३७ पैसा रहेको छ । यस्तै,भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको  छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस