• २४ चैत २०८२, मङ्गलबार

तीन वर्षे फार्मेसी विषयको पढाइ सुरु

blog

सञ्चालनमा आएको च्छोरोल्पा बहुप्राविधिक शिक्षालय ।

बाबुराम शर्मा 
दोलखा, चैत २४ गते ।
दोलखाको सदरमुकाम चरीकोटस्थितको च्छोरोल्पा जनल अस्पताल प्रालिले तीन वर्षे फार्मेसी विषय पढाइ सुरु गरेको छ । जिल्लामै फार्मेसी सहायक उत्पादन गरी सेवा सुविधा प्रदान गर्न यो विषयको पढाइ सुरु गरिएको अस्पतालका सञ्चालक पृथ्वीबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँकाअनुसार गुणस्तर पढाइ प्रदान गरी अब्बल जनशक्ति उत्पादन गराई जिल्लाका अस्पतालहरुमा सेवा प्रदान गर्न र औषधी पसल खोलेर पनि सेवा दिने विषय भएकाले पढाइ सुरु गरिएको हो । यो वियषय पढ्न सुदूरपश्चिम रोल्पा सुर्खेत, मकवानपुर महोत्तरी, रामेछापलगायतका विद्यार्थी आएका छन् । जिल्लाकालाई पनि सहज भएको छ ।

जिल्लामा यो विषय अध्ययन गरेका जनशक्ति अभाव रहेको छ । जिल्लाका दर्जनौँ अस्पतालमा फार्मेसी अध्यन गरेका जनशक्ति छैनन् । सरकारले अस्पताल प्रांगणमै औषधी पसल खोल्नुपर्ने नियम पनि ल्याएको छ । बजार पनि औषधी पसल खोल्न पनि यो विषय पढेकै जनशक्ति चाहिन्छ ।

प्राविधिक शिक्षा तथा व्यावसयिक तालिम परिषद (सिटीइभिटी) बाट सम्बन्धन प्राप्त भएपछि च्छोरोल्पा बहुप्राविधिक शिक्षालय सञ्चालनमा आएको हो । प्रथम वर्षमा १३ जना र द्वितीय वर्षमा १९ जना अध्ययनरत रहेका अस्पतालका सञ्चालक पृथ्वीबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।