वसन्त पराजुली
नारायणगढ, वैशाख २० गते । चितवन राष्ट्रिय निकुञ्जको भिम्ले पोस्ट नजिकै एक बाघ मृत फेला परेको छ । पश्चिम चितवनको मेघौली नजिकै पर्ने निकुञ्जको कोर इलाकामा करिब दुई वर्षको भाले बाघ मृत भेटिएको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा। गणेश पन्तका अनुसार आइतबार नै निकुञ्जका पशु चिकित्सकहरूले मृत बाघको शवपरीक्षण ९पोस्टमार्टम० गरेका छन् । दुई वर्षको उक्त बाघ के कारणले मर्यो भन्ने विषयमा अझै यकिन हुन सकेको छैन । यद्यपि, मृत बाघको पुच्छरमा गहिरो घाउ देखिएको छ ।
निकुञ्जका संरक्षण अधिकृत अविनाश मगरले उक्त घाउ अन्य बाघको आक्रमणबाट भएको हुन सक्ने अनुमान गर्नुभएको छ । यसअघि दुई दिनअघि मात्रै निकुञ्जमा करिब डेढ महिनाको ओथारो (डमर) मृत अवस्थामा भेटिएको थियो । माउले छाडेको अवस्थामा फेला परेको उक्त डमरुको उपचारका क्रममा मृत्यु भएको निकुञ्जले जनाएको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा यो पछिल्लो घटनासहित बाघ मर्नेको सङ्ख्या छ पुगेको छ ।