शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अर्जुन काफ्ले
स्याङ्जा, चैत २४ गते । पुतलीबजार नगरपालिका वडा नं –१ मालपोत कार्यालयमा एक जना विचौलिया पक्राउ गरिएको छ । सेवाग्राहीहरूले सेवा लिने क्रममा विचौलियाले अनावश्यक हैरानी दिएको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, स्याङ्जाबाट खटिएको टोलीले आँधिखोला गाउँपालिका वडा नं –६ टिकाजाका ३० वर्षीय अमृत ढकाललाई पक्राउ गरेको हो ।
सरकारी कार्यालयहरूमा विचौलियामुक्त वनाउने विशेष अभियानअन्तर्गत ढकाललाई पक्राउ गरेर थप अनुसन्धान अगाडि बढाएको प्रनाउ प्रसन्न राज चौधारीले बताउनुभयो ।