• ९ पुस २०८२, बुधबार

सुदूरपश्चिममा बन्दै छ पहिलो पाँचतारे होटेल

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस ९ गते । सुदूरपश्चिम प्रदेशकै पहिलो पाँचतारे होटेल धनगढीमा खुल्ने भएको छ । अन्तर्राष्ट्रिय चेनस्तरको सो होटेल व्यवस्थापनका लागि क्लब चौलानी लिमिटेडसँग मङ्गलबार सम्झौता भएको छ । ४० प्रतिशत निर्माणसम्पन्न भइसकेको सो होटेल व्यवस्थापनको सम्झौतामा क्लब चौलानीका तर्फबाट डा. राजेन्द्र केसी र आइएचजी होटल्सका दक्षिण एसियाका प्रबन्ध निर्देशक सुदीप जैनले हस्ताक्षर गर्नुभयो । धनगढीमा खुल्ने होटेल होलिडे इन बाई आइएचजीमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार पाँच प्रिमियम सुइटसहित ११५ वटा आधुनिक अतिथि कक्ष रहने छन् । 

कुल दुई अर्ब २० करोड रुपियाँ लगानीमा बन्ने सो होटेलमा एक अर्ब ४३ करोड रुपियाँ बैङ्क ऋण र ७७ करोड रुपियाँ प्रवर्धकको स्वपुँजीमार्फत लगानी व्यवस्थापन गर्न लागिएको हस्ताक्षर समारोहमा जानकारी गराइएको छ ।