• ९ पुस २०८२, बुधबार

‘विवेचना’ सार्वजनिक

blog

काठमाडौँ , पुस ९ गते । लेखक डिल्लीबहादुर बिसीको कृति ‘विवेचना’ सार्वजनिक गरिएको छ । एक कार्यक्रममा नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले उक्त पुस्तक सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा बोल्दै महासचिव पोखरेलले ‘विवेचना’ समसामयिक समाज, राजनीति र जीवनका विविध पक्षलाई विचारप्रधान ढङ्गले प्रस्तुत गर्ने कृति भएको बताउनुभयो । उहाँले यस्ता कृतिले समाजमा वैचारिक बहसलाई बलियो बनाउने उल्लेख गर्नुभयो ।

लेखक बिसीले पुस्तकमा समाज, राजनीति तथा वर्तमान घटनाक्रमलाई विश्लेषणात्मक दृष्टिले समेटिएको जानकारी दिनुभयो । विगत, वर्तमान र भविष्यबिचको सम्बन्धलाई विचारका आधारमा प्रस्तुत गर्नु पुस्तकको उद्देश्य रहेको उहाँको भनाइ छ । पुस्तक विमोचन कार्यक्रममा साहित्यकार, राजनीतिज्ञ तथा पाठकको सहभागिता रहेको थियो । ‘विवेचना’ समसामयिक राजनीतिक–सामाजिक विमर्शमा रुचि राख्ने पाठकका लागि उपयोगी हुने अपेक्षा गरिएको छ ।