• २४ चैत २०८२, मङ्गलबार

सुनको मूल्यमा भारी वृद्धि

blog

काठमाडौँ, पुस ८  गते ।  आज स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा रू. पाँच हजार ५०० र चाँदीको मूल्य रू. २० ले वृद्धि भएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा रू. २ लाख ६७ हजार २०० कायम भएको छ भने चाँदीको मूल्य तोलामा रू. चार हजार २५५ पुगेको छ ।

छापावाल सुन सोमबार तोलामा रु. दुई लाख ६१ हजार ७०० सय कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य रू. चार हजार २३५ थियो ।

अन्तर्राष्ट्रिय बजारको प्रभाव र मागमा आएको परिवर्तनका कारण सुनचाँदीको मूल्यमा उतारचढाव आइरहेको छ । रासस