• २४ चैत २०८२, मङ्गलबार

सडक मजदुरले पाएनन् पारिश्रमिक

blog

स्तरोन्नती हुँदै गरेको पाख्रीबास–सान्ने सडक । तस्बिर : सन्तोष सुवेदी,

सन्तोष सुवेदी

पाख्रीबास, (धनकुटा), चैत २४ गते । धनकुटाको पाख्रीबास नगरपालिका स्थित पाख्रीबास-सान्ने सडक स्तरोन्नतिको काम गर्ने मजदुरले पारिश्रमिक नपाएको गुनासो गरेका छन् ।

सडक स्तरोन्तीको काम लगाउने ठेकदारले काम लगाएर पैसा नदिई सम्पर्क विहिन भएपछि मजदुरले पारिश्रमिक नपाएको गुनासो गरेका हुन् ।

आर्थिक वर्ष २०८०-०८१ को विनियोजित बजेटबाट सडक स्तरोन्नतिको काम सुरु भएको थियो । प्रदेश र नगरको साझेदारी एक करोड ३० लाखमा सडक स्तरोन्नतिको ठेक्का लागेर काम सम्पन्न भएको करिब वर्ष बितिसम्दा समेत पारिश्रमिक नपाएको पाइएको छ ।

विनियोजित बजेटबाट सडकको ग्राभेल, मेसिनरी बाल, कचुवा जस्ता संरचना बनाउने काम सम्पन्न भएको छ । स्थानीय कामदार कपेन्द्र मगरका अनुसार सडक काम सम्पन्न भएको एक वर्ष बितिसक्यो काम गरे वापतको पारिश्रमिक अझै नपाएको बताउनुभयो ।

सडक स्तरोन्नतिको काम गर्ने ठेक्का कौशिकी निर्माण सेवा प्रा.लि.ले जिम्मा पाएको लिएको थियो । मुख्य ठेकेदार सिताराम भट्टराई र पेटी ठेकेदार उतम कटुवालले सयौँ कामदारको लाखौ पैसा नदिएको मजदुरले आरोप लगाएका छन् ।

ठेकेदार सम्पर्कमा नआएको उहाँले बताउनुभयो । कामदारको ज्याला दिन एउटाले अर्को ठेकेदारलाई देखाउने गरेको उहाँले गुनासो गर्नुभयो ।

दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्नेहरू मजदुरहरू काम गरेको पारिश्रमिक नपाएको गुनासो गर्दै ठेकेदारले पेटमा लात हान्ने काम गरेको उनीहरूको भनाइ छ ।

यस्तै मगर जस्तै अन्य एक सय भन्दा बढीले सडकमा दैनिकी ज्याला मजदुरीको काम गरेको उहाँले बताउनुभयो । काम सम्पन्न भएको एक वर्ष बितिसक्दा समेत कामदारले भुक्तानी नपाएको र ठेकेदार सम्पर्कमा नआएको उनीहरूको भनाइ छ ।

 भुक्तानीका सम्बन्धित निकायमा जाँदा पनि ठेकेदारलाई समाएर लिएर आउनु भन्ने गरेको कामदार बताउछन् । पछिल्लो समय विभिन्न कारण देखाउँदै सडक तथा विकास निमार्णको काममा ढिला सुस्ती गरेको पाइएको छ ।