• २४ चैत २०८२, मङ्गलबार

निसी खोलामा महिलाको शव फेला

blog

निसी खोला गाउँपालिका वडा नं ४ मा रहेको निसी खोला दोस्रो लघुजविद्युतको विद्युतको नजिकै शप फेला परेको स्थान ।तस्बिर सौजन्य : खिम विक्रम गिरि

नवराज नेपाली

बागलुङ, (गलकोट) चैत २४ गते । जिल्लाको निसी खोलामा एक महिलाको शव फेला परेको छ ।

मङ्गलबार बिहान निसी खोला गाउँपालिका वडा नं ४ मा रहेको निसीखोला दोस्रो लघुजविद्युतको विद्युतगृहबाट ओभरफुलको नालीमा शव फेला परेको इलाका प्रहरी कार्यालय गलकोटका प्रहरी निरीक्षक डम्मरबहादुर बोहोराले जानकारी दिनुभयो ।

घटना स्थलमा प्रहरी पुग्दै गरेको कारण घटनाको थप विवरण आउन बाँकी रहेको र मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ ।