• १८ चैत २०८१, सोमबार

निषेधाज्ञामा हवाई यात्रुलाई टिकटका आधारमा सहजीकरण गरिने

blog

जडिबुटी क्षेत्रमा सुरक्षाका लागि खटिएका नेपाली सेना । तस्बिरः केशब गुरुङ

काठमाडौँ, चैत १५ गते। काठमाडौँ बानेश्वर–तीनकुने क्षेत्रमा कर्फ्यू आदेश जारी भएपछि जिल्ला प्रशासन कार्यालयले हवाई यात्रुलाई सहजीकरण गर्ने भएको छ। टिकट र परिचय पत्रका आधारमा यात्रुलाई सहजीकरण गर्न प्रशासनले सुरक्षाकर्मीलाई आदेश दिएको हो। 

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सूचना सार्वजनिक गर्दै हवाई यात्रुको सहजताका लागि टिकट र आधिकारिक परिचयपत्रलाई आधारमा सहभागीकरण गर्ने जानकारी गराउनुभएको हो। 

सूचनामा भनिएको छ, ‘ हवाई यात्रुको सहजतालाई मध्यनजर गरी टिकट र आधिकारिक परिचयपत्र समेतका आधारमा हवाई यात्रा गर्नुहुने महानुभावलाई सहजीकरण गरिने र सो को समन्वय सुरक्षा निकायबाट हुने व्यहाेरा सरोकारवाला सबैमा अनुरोध छ।’