युक्रेनमाथि ‘विजय’ नभएसम्म रूसलाई साथ दिने उत्तर कोरियाको घोषणा
युक्रेनमा रूसको विजय नभएसम्म उत्तर कोरिया रुसको साथमा रहने विदेश मन्त्री चो सोन हुईले शुक्रबार मस्कोमा घोषण गर्नुभएको छ। यस अघिनै अमेरिकाले आगामी दिनमा युक्रेन द्वन्द्वमा हजारौं उत्तर कोरियाली सेना सहभागी हुन सक्ने चेतावनी दिएको छ।
सद्भावको पर्व बन्दै छठ
छठ विगतमा तराईका जिल्लामा मात्रै मनाइन्थ्यो । पछिल्लो समय यसको व्यापकता स्वदेशमा मात्र नभइ सात समुद्रपार पुगेको छ । जताततै छठको रौनक छ ।
मुकुन्दशरण उपाध्यायलाई शुक्ला साहित्य राष्ट्रिय पुरस्कार
शुक्ला साहित्य राष्ट्रिय पुरस्कारबाट साहित्यकार एवम् भाषाविद् मुकुन्दशरण उपाध्यायलाई सम्मान गरिएको छ ।
धान स्याहार्दै किसान
घोराही उपमहानगरपालिका १६ बयरबटुवाका किसान धान स्याहार्दै ।
गैरकानुनी रुपमा सवारी कर उठाएको भन्दै रोक्न निर्देशन
यातायात व्यवसायीबाट पालिकाहरुले गैरकानुनी रुपमा सडकमा कर उठाइरहेको गुनासो आएपछि त्यस्ता गैरकानुनी गतिविधि रोक्न गृह मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।
भीरकोटमा सुत्केरी भैँसी पोषण भत्ता
भीरकोट नगरपालिकाले सुत्केरी भैँसी पोषण भत्ता कार्यक्रम ल्याएको छ ।
माथागढीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
पाल्पाको माथागढी गाउँपालिका–२ रुप्सेमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
भिरबाट लडेर एकको मृत्यु
भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ८ सानोचेक्मी माझको भिरबाट लडेर शुकवार बिहान एक जनाको मृत्यु भएको हो ।
अमरपथमा दीपावली महोत्सव
तिहार पर्वको अवसरमा बुटवलमा १४ औं दीपावली महोत्सव सुरु भएको छ । अमरपथ ब्यवसायी समिति बुटवलको आयोजनामा बुटवलको मुख्यबजार अमरपथ क्षेत्रमा तीनदिने दीपावली महोत्सव २०८१ सुरु भएको हो ।
अनुशासित भएर देउसीभैलो खेल्न आग्रह
अर्घाखाँचीमा राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने भएको छ ।
जङ्गली हात्तीको आक्रमणबाट जोगाउन सचेतना
भारतीय दुधुवा नेशनल पार्क हुँदै नेपाली बस्तीमा छिर्ने जङगली हात्तीको आक्रमणबाट सर्वसाधारणलाई जोगाउनका लागि डिभिजन वन कार्यालय कञ्चनपुरले सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।
अस्पताल सञ्चालन गर्न महायज्ञ हुँदै
झापासँग सीमा जोडिएको ईलामको चुलाचुली गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालनका लागि भवन बनेको दूई बर्ष भइसकेको छ । बजेट अभावमा अस्पताल सञ्चालन हुन नसकेपछि आर्थिक सहयोग जुटाउन बहुधार्मिक प्रवचनसहित समावेशी श्रीमद भागवत महापुराण तथा ज्ञान महायज्ञ लगाउने तयारी गरिएको छ ।
विर्सिएका अतितहरु कविता संग्रह विमोचन
कवि धनबहादुर शाहीको विर्सिएका अतितहरुको कविता संग्रह विमोचन भएको छ । जुम्लामा एक कार्यक्रमका विच कविता संग्रह विमोचन भएको हो ।
सहकारी ठगीमा संलग्न सबैलाई कारबाही हुन्छ : नेता पोखरेल
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहकारी ठगीमा संलग्न जो भए पनि कारबाही हुने बताउनुभएको छ ।
छायाँनाथ धाम जाने झोलुङ्गे पुल सञ्चालनमा
छायाँनाथ धाम जानका लागि चैना खोलामा दुई महिनाअगाडि निर्माण सम्पन्न भएको झोलुङ्गे पुल शुक्रबारबाट सञ्चालनमा आएको छ ।
अनुदान पाएपछि बाख्रा पालक कृषक उत्साहित
स्याङ्जाको वालिङ नगरपालिकाका कृषकहरु खोर निर्माणमा अनुदान पाएपछि उत्साहित भएका छन् । वडा नं. ३ र ४ का कृषकहरुले अनुदानमा बाख्राको खोर निर्माण गरेका हुन् ।
नागढुङ्गा सहकारीको पाँच करोड हिनामिना
फलेवास नगरपालिका–१ कार्किनेटामा सञ्चालित नागढुङ्गा बचत तथा ऋण सहकारी संस्थाको झण्डै रु पाँच करोड हिनामिना भएको छ ।
सुदूरपश्चिमका पालिका तहका रिक्त छ पदमा उपनिर्वाचन हुँदै
सुदूरपश्चिम प्रदेशकका रिक्त रहेका पालिका तहका छ पदमा आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ ।
नरैनापुरमा पढाईमा विद्यार्थीको आकर्षण बढ्यो
केही वर्ष अघिसम्म सुनसान रहने बाँकेको नरैनापुरका बिद्यालयहरुमा अहिले विद्यार्थीहरुको उल्लेख्य संख्या देखिन थालेको छ ।
घरमा आगलागी, लाखौँको क्षति
बर्दीबास नगरपालिका-५ स्थित सुदूरउत्तरी भेगमा पर्ने ढुङग्रे गढन्ताको एक पसलमा लक्ष्मीपूजाको राति आगलागी हुँदा लाखौ मूल्य बरावरको मालसामान खरानी भएको छ ।
सफा पानीमा छठ स्नान गर्न पाइने आश
बर्दिबास नगरक्षेत्रका बासिन्दाले यसपालिको छठमा सफा कञ्चन पानीमा चोबलिएर छठ स्नान गर्न पाइने आश सँगालेका छन् ।
ट्रकको ठक्करबाट एकको मृत्यु
जिल्लाको माथागढी–२, रुप्सेमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ५३ वर्षीय टेकबहादुर ढेँगा रहेको प्रहरीले जनाएको छ।
‘देउसी भैलोको मौलिकता हराउन नदिन नयाँ पुस्ताले चासो दिनुपर्छ’
तिहारमा देउसीभैलो खेल्ने कलाकारको समूहले भरिने बेनी बजारको सबै जसो चोक यसपटक रौनक कम भएको छ ।
कुश्मिसेरा–राङ्खानी सडक निर्माणमा चरम लापरबाही
दुई वर्षमा कालोपत्रे सक्नेगरी ठेक्का सम्झौता भएको कुश्मिसेरा–राङ्खानी सडक पाँच वर्ष बितिसक्दा पनि पूरा नभएकामा स्थानीय रुष्ट भएका छन् ।