• १८ चैत २०८१, सोमबार

कुबेरको ‘मेरो जीवन तिमी’

blog

काठमाडौँ , चैत १५ गते । गायक कुबेर तामाङको गीत ‘मेरो जीवन तिमी’ सार्वजनिक गरिएको छ । गायक तामाङको निर्देशनमा म्युजिक भिडियो तयार पारिएको छ । गीतमा तामाङकै शब्द र स्वर रहेको छ । रक–पप शैलीको गीतमा कल्याण सिंहको सङ्गीत रहेको छ ।

गीतमा पुष्कर सुनुवारले सङ्गीत संयोजन गर्नुभएको छ । गीतको म्युजिक भिडियोको छायाङ्कन र सम्पादन मोहन सुनुवारले गर्नुभएको छ । म्युजिक भिडियोमा सञ्जित भण्डारी र नतिजा लुइटेलले अभिनय गर्नुभएको छ । गायक तथा निर्देशक तामाङले भन्नुभयो, “म खुसी छु । गीत दर्शकको माया जित्न सफल भएको छ । दर्शकको प्रेरणा नै मेरो ऊर्जा हो ।”