अविनाश चौधरी
धनगढी, पुस ९ गते। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्वामी रामदेव र आचार्य बालकृष्णसँग धार्मिक पर्यटन विकासको सवालमा छलफल गर्नुभएको छ।
स्वास्थ्योपचारको सिलसिलामा भारतको दिल्ली गएको बेला उहाँले दुवै जनासँग सुदूरपश्चिममा धार्मिक पर्यटन विकासको सवालमा छलफल गर्नु भएको हो। त्यस क्रममा मुख्यमन्त्री शाहले धार्मिक पर्यटन विकासका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो।
स्वास्थ्यमा समस्या देखिएपछि उहाँ उपचारका लागि भारतको नयाँ दिल्ली जानू भएको थियो। मुख्यमन्त्री शाह एकचरणको उपचार पश्चात स्वदेश फर्कनु भएको छ। नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा उपचार गराएर उहाँ मङ्गलबार स्थलमार्ग भएर स्वदेश फर्कनु भएको हो। दायाँ खुट्टाको हड्डी र नसासम्बन्धी समस्याबाट ग्रसित उहाँ एकसाता अगाडि उपचारको लागि दिल्ली प्रस्थान गर्नु भएको थियो।
मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमका अनुसार शाहले यसअघि, धनगढीको सेती प्रादेशिक अस्पताल र काठमाडौंको वीर अस्पतालमा उपचार गराउनु भएको थियो।