अर्जुन काफ्ले
स्याङ्जा, चैत २३ गते । विरुवा गाउँपालिका वडा –४ मडकिना घुम्ति –विरुवा भित्री सडक खण्डमा जिप दुर्घटना भएको छ । ११ जना घाइते भएका छन् ।
घुम्तिबाट विरुवा जाँदै गरेको ग १ ज ७०८४ नम्बरको जिप अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल खसेको छ । दुर्घटनामा विरुवा–४ घोप्टेका आठ बर्षीय एन्जल नेपाली, ओरेस्टका ५० बर्षीय मानसिङ गुरुङ, ५९ बर्षीय दालमायाँ गुरुङ, ६५ बर्षीय रेमकुमारी बस्याल, प्रदिप दर्जीको छोरा १३ बर्षीय कृष्चल दर्जी, पोखरा महानगरपालिका–११ की ६० बर्षी विष्णुमाया गुरुङ, पोखरा –१७ विरौटाकी ५६ बर्षी सिता वाग्ले, पोखरा –१५ का जल्पा मार्ग बस्ने ६० बर्षीय बिमला गुरुङ घाइते भएको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले बताउनुभयो ।
यस्तै, पुतलिबजार नगरपालिका –७ ठुलाडीहीका ५७ बर्षी चन्द्र सुब्बा गुरुङ, ३३ बर्षीय शर्मीला नेपाली, शर्मीला नेपालीको छोरा साढे दुई बर्षीय कृष्ण नेपाली घाइते भएको चौधरीले बताउनुभयो ।
चालकसहित १५ जना सवार रहेकोमा घाइतेहरुको प्रदेश अस्पताल पुतलिबजार स्याङजा प्राथमिक उपचार पोखरा पठाइएको छ । घाइतेहरुको छाती, पेट, मुख, खुट्टा, निधार, हातमा चोट लागेको प्रहरीले बताएको छ ।