काठमाडौँ, पुस ९ गते । नेपाल भलिबल सङ्घको आयोजनामा पुस ११ देअि १९ गतेसम्म हुने नवौँ संस्करणको एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुगेको छ ।
च्याम्पियनसिपमा २० टोलीको सहभागिता रहनेछ । जसमा १२ पुरुष र आठ महिला टोलीबिच प्रतिस्पर्धा हुनेछ । महिलातर्फ नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफसँगै न्यू डायमन्ड युथ स्पोर्टस क्लब, एभरेष्ट भलिबल क्लब, चुली युवा क्लब, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र मधेश प्रदेश खेलकुद परिषद्ले प्रतिस्पर्धा गर्नेछन् ।
पुरुषतर्फ नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफल, रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टर, मणिमुकुन्द भलिबल क्लबल, हेल्प नेपाल स्पोर्ट्स क्लब, कोशी प्रदेश भलिबल एशोसिएसन र बुढानिलकन्ठ भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै ढोरपाटन क्लब (काठमाडौँ) खिल्जी युवा क्लब (लुम्बिनी) र कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिातका खेलहरु राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछ ।