बाँके कुष्ठ रोगको जोखिममा
कुष्ठरोगको उपचारमा सक्रिय बाँकेको जानकी गाउँपालिका–३ मानपुरमा रहेको साइनिङ अस्पतालले आर्थिक वर्ष २०८०-०८१ मा १७ हजार बढीलाई ओपिडी सेवा दिएको छ ।
बस दुर्घटनामा १७ जना घाइते
पूर्वपश्चिम राजमार्ग अन्र्तगत मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१५ चुरियामाई मन्दिर नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् ।
सुन्तला बिक्री गर्ने तयारीमा गुल्मीका किसान
गुल्मीको धुर्कोट गाउँपालिका–२ पिपलधाराका विष्णुप्रसाद खनालको सुन्तला खेती पुख्र्यौली पेसा हो । उहाँको अहिले २९ रोपनी बारीमा सुन्तला बगैँचा छ ।
विकास योजना निर्माणका लागि यात्रामा छु : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेस रकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको आगामी विकासको योजना निर्माणका लागि आफू जिल्ला यात्रामा रहेको बताउनुभएको छ ।
पूर्वाधार मन्त्री राईद्वारा दुई पालिका जोड्ने मोटरेबल पुल शिलान्यास
खोटाङको जन्तेढुङ्गा गाउँपालिका र बराहपोखरी गाउँपालिका जोड्ने मोटरेबल पुलको शिलान्यास गरिएको छ ।
प्रविधितर्फ आकर्षित हुँदै कृषकहरु
पाल्पाको निस्दी गाउँपालिका –४, मुढाबासका कृषकहरु थ्रेसरको सहायताले धान झार्दै । प्रविधिको प्रयोगले खर्च र समयको बचत हुने भएपछि पछिल्लो समय जिल्लाका ग्रामीण क्षेत्रका कृषकहरु आधुनिक प्रविधितर्फ आकर्षित भएका हुन् ।
मुख्यमन्त्रीसँग स्वीट्जरल्यान्डका राजदूतको भेट
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग स्वीट्जरल्याण्डका राजदूत डानियल मेउल्ली मोन्टेलोने भेटवार्ता गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय राप्ती उपत्यका देउखुरीमा शुक्रबार भएको भेटवार्तामा लुम्बिनी प्रदेशको विकास र समृद्धिमा स्विस सरकारले हाल गर्दैआएको सहयोगको बारेमा छलफल भएको बताइएको छ ।
पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु :अधिकारी
उत्तरपश्चिम पाकिस्तानमा भएको साम्प्रदायिक हमलामा ४३ जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताएका छन् । अधिकारीहरुका अनुसार प्रभावित जिल्लामा कर्फ्यू लगाएको लगाई मोबाइल सेवासमेत बन्द गरेको बताएका छन् ।
एमाले जागरण सभाको र्याली भद्रकालीबाट प्रारम्भ
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आज काठमाडौँमा हुन लागेको जागरणसभाको र्याली भद्रकालीबाट प्रारम्भ भएको छ ।
नेपालमा लगानी गर्ने वातारण सृजना भएको छ : अर्थमन्त्री पाौडेल
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपालमा लगानी गर्ने वातावरण सृजना भएको बताउनुभएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपालले सार्वभौम क्रेडिट रेटिङमा बीबी स्कोर प्राप्त गरेपछि नेपालमा लगानी गर्नका लागि उपयुक्त वातावरण बनेको उल्लेख गर्नुभयो ।
सामुदायिक विद्यालय पढ्ने छात्रालाई एक हजार
तनहुँको एक पालिकाले सामुदायिक विद्यालयमा भर्ना भएका छात्राको खातामा एक हजार रुपियाँ जम्मा गर्न थालेको छ । आँबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण गर्दै गुणस्तर शिक्षाका लागि खाता खोलिदिएको हो ।
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
मङ्गला गाउँपालिका –५ पिपलबोटका भीमबहादुर सापकोटालाई यसपाली खेतको धान नकाट्दै पोखरा र बागलुङ गलकोटबाट पाँच मुरी ‘गौरिया’ धानको चामलको माग आयो ।
कानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय
मुलुकको पर्यटन क्षेत्रमा पछिल्लो समय थपिएको नयाँ ‘प्रडक्ट’ हो, ‘मोटरबोट टुरिजम’ । पूर्वदेखि पश्चिमसम्मका विभिन्न नदी र जलाशयमा यतिबेला करिब एक सय २० मोटरबोट सञ्चालनमा छन् ।
दुर्लभ सारस नकैया सिमसार क्षेत्रमा
विश्वमै दुर्लभ सारस कञ्चनपुरको नकैया सिमसार क्षेत्रमा देखा परेका छन् । बेलौरी नगरपालिकामा रहेको सो सिमसार क्षेत्रमा तीनवटा सारस देखा परेका हुन् ।
अरिँगालले टोकेर एकको मृत्यु
घरछेउको रुखमा बसेको अरिँगालले टोकेर इलामको सूूर्योदय –९ पान्दाममा एक जनाको ज्यान गएको छ । घर छेउको रुखको हाँगा काट्नेक्रममा त्यही रुखमा गोलो बनाएर बसेको अरिङ्गाल बिच्किँदा स्थानीय ५० वर्षीय शुुक्रराज राईको ज्यान गएको सूूर्योदय –९ का वडाध्यक्ष देवेन्द्र शर्मा आचार्यले बताउनुभयो ।
एमाले जागरणसभाका लागि र्याली सुरू
जागरणसभाका लागि केही बेरमा भद्रकालीबाट र्याली सुरु भएर दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ । एमालेको जागरणसभाका काठमाडौँ, भक्तपुर, ललितपुरलगायत आसपासका जिल्लाबाट एक लाख मानिस उपस्थित गराउने तयारी रहेको छ ।
सबैका लागि सधैंका लागि खुल्दैछ खुलामञ्च
खुलामञ्च लामो समयदेखि बन्द किन छ ? यो आम चासोको विषयको रुपमा छ । खुलामञ्चमा यतिबेला दुबो रोप्ने, गोड्ने लगायत विविध व्यवस्थापन पक्षका कामहरु भइरहेको छ ।
दर्ता बेगर चलेको उद्योगको उत्पादन जफत
झापाको दमकमा रहेको बिस्कुट तथा पाउरोटी उद्योगमा दमक नगरपालिकाले सिल गरेको छ । त्यहाँ उत्पादन भएका बिस्कुटहरु जफत गरी नष्ट गर्दै सो उद्योग सिल गरेको हो ।
‘लय प्रकृतिको’ नाटक प्रदर्शन
इलामको पर्यटकीय क्षेत्र अन्तुमा कचहरी नाटक “लय प्रकृतिको” प्रदर्शन गरिएको छ । मण्डला थिएटरले कलाको माध्यमबाट नागरिकलाई प्राकृतिक बिपत्तिबाट सजग गर्न सकिने उपायबारेमा कचहरी नाटक “लय प्रकृतिको” पदर्शन गरिएको हो ।
बुङालुङ ढुङ्गा बगैँचामा पर्यटक आकर्षित
खोटाङको ढुङ्गे बगैँचा (बुङालुङ) पर्यटकको आकर्षणमा परेको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका –७ महादेवस्थानमा रहेको ढुङ्गे बगैँचामा अहिले हरेक दिन आन्तरिक पर्यटकहरु भ्रमण गर्न पुग्ने गरेका छन् ।
अक्टोपस झरना
लमजुङ बेँसीसहर–चामे सडक किनारास्थित मर्स्याङ्दी गाउँपालिका–४ च्याम्चेमा रहेको अक्टोपस झरना । यो झरना पछिल्लो समय पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ ।
झापाबाट एघार करोडको चिया निर्यात
नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले रु. ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ । संस्थाले तीन लाख ६४ हजार ४४ केजी तयारी चिया निर्यातबाट उक्त रकम आर्जन गरेको हो ।
प्रधानमन्त्री ओली एमाले सभालाई दिउँसो सम्बोधन गर्नुहुने
सत्तारुढ नेकपा (एमाले)ले काठमाडौँको दरबारमार्गमा आज सभा गर्दै छ । सभालाई दिउँसो साढे एक बजे प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने छ ।
अन्तरप्रदेश सडक प्राथमिकतामा
कर्णाली प्रदेश सरकारले अन्तरप्रदेश सडक निर्माणलाई प्राथमिकतामा राखेको छ ।