• २० चैत २०८१, बुधबार

पाटन सङ्ग्रहालयको भण्दाक्यबमा मनाइयो विश्व नेवाः दिवस

blog

ललितपुरका प्रमुख चिरिबाबु महर्जन र काठमाडौंका उपप्रमुख सुनिता डंगोलद्वारा नेवाः सूचना केन्द्रका राजेन्द्र रञ्जितलाई सम्मानपत्र प्रदान गर्नुहुँदै । तस्बिर : अमिर मैया रञ्जित

ललितपुर, चैत्र १८ गते । नेवाः गुथि न्यूयोर्क र सम्पदा संरक्षण महाअभियानले सोमबार पाटन सङ्ग्रहालयको भण्दाक्यबमा विश्व नेवाः दिवस मनाइएको छ ।

न्यूयोर्कमा बसी नेपालको मूर्त अमूर्त संस्कृति सम्पदा संरक्षण गर्दै आएको नेवाः गुथि न्यूयोर्कले नेपालबाट चोरी भई न्यूयोर्क पुगेका २१ वटा मूर्ति र पौभाहरू पुनः नेपाल ल्याइएको छ ।

उक्त ऐतिहासिक पुरातात्विक सम्पदाहरू कानुनी, प्रशासनिक र अन्य प्रक्रिया पूरा गरी नेपाल ल्याउनका लागि आर्थिक सहयोग ललितपुरको सम्पदा भएमा ललितपुर महानगरपालिका र काठमाडौँको भएमा काठमाडौँ महानगरपालिकाले बेहोर्ने ललितपुरका प्रमुख चिरिबाबु महर्जन र काठमाडौँका उपप्रमुख सुनिता डङ्गोलले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल भित्रिएका उक्त सम्पदाहरूलाई जुन स्थानबाट हराइएको हो त्यहाँ नै आवश्यक व्यवस्था गरी राखिने उपप्रमुख डङ्गोल र प्रमुख महर्जनले जानकारी दिनुभयो ।

सम्पदा संरक्षण महाअभियानमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने टोली, सञ्चार तथा सञ्चारकर्मीहरू, नेपालभाषाका सङ्घसंस्थालाई नेवाः गुथि न्यूयोर्कका अध्यक्ष विजयमान सिंले कदरपत्र प्रदान गर्नुभयो ।

यसैगरी, रातो मछिन्द्रनाथ जात्रासँग सम्बन्धित रथ बनाउनेदेखि जात्रा सम्पन्न हुन अवस्थासम्म आवश्यक काम गर्ने सम्पूर्ण गुठि तथा खलःलाई पनि सम्मान तथा कदर पत्र प्रदान गरियो ।