• ७ पुस २०८२, सोमबार

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता

blog

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली हात मिलाउँदै ।

काठमाडौँ, पुस ७ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।

सभापति देउवा निवास महाराजगन्जमा सोमबार भएको भेटमा उहाँहरूबिच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको सभापति देउवाको सचिवालयले जनाएको छ । भेटमा अध्यक्ष ओलीसँग एमाले महासचिव शङ्कर पोखरेल पनि हुनुहुन्छ । रासस