अजय शाह
महोत्तरी, चैत १८ गते । महोत्तरीमा बालिकामाथि बलात्कार गरिएको घटना सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार जलेश्वर नगरपालिका ३ सुगामा आफन्तबाटै बालिका बलात्कृत भएकी हुन् ।
सिकिस्त अवस्थामा भेटिएकी बालिकालाई स्वास्थ्य परीक्षण र उपचारका लागि जलेश्वर प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।
आइतबार दिउँसो २ बजे पीडित बालिकालाई घरमै राखेर घटना मिलाउन खोजिएको थियोे । तर बालिकाको स्वास्थ्य अवस्था बिग्रिएपछि सोमबार अस्पताल भर्ना गराइएको छ । बालिकाको स्वास्थ जाँच प्रादेशिक अस्पताल भइरहेको छ ।
प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताउनुभयो । उहाँले पीडित परिवारबाट पीडकविरूद्ध उजुरी लिने र अनुसन्धान अघि बढाउने प्रक्रियामा रहेको बताउनुभयो ।