सहदेव बस्नेत
जाजरकोट, पुस ७ गते । भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा सामुदायिक संरचनाहरु निर्माणको क्रम वढिरहेको छ । २०८० कात्तिक १७ गतेको जाजरकोट भूकम्पले क्षतिग्रस्त सामुदायिक तथा व्यक्तिगत संरचनाहरु निर्माणमा विभिन्न विकास साझेदारहरुले सहयोग गरिरहेका छन् ।
यसै क्रममा भेरी नगरपालिका १ रावतगाउँमा आर्सो नेपालले अति प्रभावित घर परिवारका लागि स्थायि आवास निर्माण, प्रवलीकरण र सामुदायिक भवन निर्माण गरेको छ । भेरी नगरपालिका १ की पुर्ण दृष्टिविहीन एकल महिला लक्ष्मी कुमारी विश्वकर्माको स्थायी आवास निर्माण गरिदिएको हो । संस्थाले करिव नौ लाख रुपियाँको लागतमा दुई कोठे पक्की भवन निर्माण गरी दिएको हो । आफ्नो लागि संस्था भगवान सरह भएको लक्ष्मीको भनाइ छ ।
त्यस्तै, संस्थाले भेरी नगरपालिका १ रावतगाउँमा सामुदायिक भवन निर्माण सम्पन्न गरेर हस्तान्तरन गरेको छ । संस्थाले हालसम्म भेरी नगरपालिका १, ३ र ४ मा वटा घर को प्रवलिकरण गरेर हस्तान्तरन गरिसकेको छ । संस्थाका प्राविधिक नौले सार्कीले हालसम्म ८ वटा प्रवलीकरवटाण, १ वटा नमुना स्थायी आवास र २ वटा सामुदायिक भवन निर्माण गरेको जानकारी दिनुभयो ।
भेरी नगरपालिका ३ थाप्लेमा शंंकर कार्कीको भूकम्पले क्षति भएको आवास प्रवलीकरण गरेको छ । बील चेयनको आर्थिक सहयोगमा आर्सो नेपालले भूकम्प प्रभावित लाभग्राहीहरुका लागि संरचनाहरु निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको छ । त्यस्तै, संस्थाले भेरी नगरपालिका ४ मा देवबहादुर घर्तिको नमुना स्थायी आवास नमुनाको रुपमा रहेका छन् । संस्थाले जिल्लामा प्रवलीकरण विधिद्वारा क्षतिग्रस्त घरहरु पुनर्निर्माण गरेको हो ।
भेरी नगरपालिका १ का वडा अध्यक्ष दीपक रानाले संस्थाले निर्माण गरेको सामुदायिक भवन विपदमा समुदायका लागि निकै उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । विपदका साथै समुदायका विविध कार्यका लागि बैठक छलफल गर्न सामुदायिक भवन उपयोगी हुने वडाअध्यक्ष रानाको भनाइ छ ।
भेरी नगरपालिका ४ का वडा अध्यक्ष वसन्त प्रशाद शर्माले संस्थाले भूकम्पपीडितहरुका लागि आवास प्रवलिकरण, स्थायी आवास र सामुदायिक भवन निर्माण गरेर ठुलो भूमिका खेलेको बताउनुभयो ।